
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले आफुले बोल्दा बिचार नपुर्याएको भन्दै गल्ती स्वीकार गरको हुन् । हालै सार्वजनिक भएको अडियो टेपबारे आफूले बोल्दा केही तलमाथि भएको मन्त्री आलेले स्वीकार गरेका हुन् । केही समय अघि भारतमा बस्ने एक नेपालीसंग भएको अडियो वार्ता सार्वजनिक भएको थियो ।
जसमा मन्त्री आलेले निकै असभ्य बोली बोलेका थिए । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वसलाई सम्बोधन गर्दै मन्त्री आलेले आफ्नो गल्ती स्वीकार गरे । तर बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको बताए ।
आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एकपटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनको भनाइ छ । अडियो पूर्ण सत्य नभएको दाबी उनको छ ।
‘म मगरको छोरो । म जनजातिको छोरो । बोल्दाखेरि तलमाथि पर्न जाला तर मेरो मनमा कुनै पाप छैन । म सफा मान्छे । मेरो रफ्तारलाई कमी गर्नको लागि कुनै तत्वहरूले मलाई उत्तेजित पारेर, मेरा पछि लागेर म पनि एउटा मानव हुँ कतिपय ठाउँमा गल्ती हुन सक्छ । कमी, कमजोरी हुन सक्छ । मान्छेलाई रातदिन सताएर, टेलिफोन गरेर उत्तेजित बनाएपछि एउटा मानवको नाताले मैले पनि भन्न म बाध्य भएँ । तर जतिपनि त्यो अडियोमा बाहिर आएको छ त्यो सतप्रतिशत सत्यता त्यसमा छैन,’ आलेले भने ।
उनले अगाडि भने, ‘विगतको व्यक्तिले मलाई पटक पटक टर्चर गर्ने, रातिराति फोन गर्ने, पैसाको बार्गेनिङ गर्ने त्यस्ताखालका तत्व पटक पटक मलाई उत्तेजित पार्ने काम भएको हुनाले बाध्य भएर मैले खालि एक पटक मात्रै मैले त्यसको जवाफ दिए । तर त्यसलाई इडिट गरेर १७ पटक जोडेछ । त्यो अहिले बाहिर ल्याउने कामहरू भएको छ । म मगरको छोरो हो । भाषा, संस्कृति ममा कमी होला, तर मेरो आत्मा पवित्र छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया