SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/८ गते
    ९४२ &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले आज कि एमसिसी प्रतिनिधिसभामा टेबल हुने, नभए आजैदेखि गठबन्धन बिसर्जन हुने बताएका छन्।

    उनले भने, ‘आज गठबन्धनका सहयात्री दलले एमसिसी टेबल गर्न मान्छन् भन्ने विश्वास छ, कदाचित टेबल गर्न मानेनन् भने त्यहीबेला गठबन्धन बिसर्जन हुन्छ।’आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे।

    एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेको भन्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यसमा मनाउने बचन उहाँले दिनुभएको छ।’आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्।

    उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। आजै १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन्।

    सत्ता गठबन्धनभित्र एमसिसी टेबल गर्ने विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा समाजवादीले शनिबार एमसिसी टेबल हुन दिने निर्णय गरे पनि पार्टीभित्र विवाद छ।

    वरिष्ठ नेता झलनाथ खनालको समूहले एमसिसी यथाअवस्थामा टेबल हुन दिनु हुँदैन भन्ने पक्षमा छ। नेकपा माओवादी केन्द्रले एमसिसी टेबल गर्न नदिने भनिरहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं