SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/३ गते
    ८५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं :प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।

    सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन् ।

    बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीकाबारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन् । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् ।
    एमाले संसदीय दलको बैठक सकिएको छ ।

    सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

    सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन ।

    एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले कारबाही गरेका १४ सांसदको सूची सूचना पाटीमा टाँस नगरेको भन्दै एमालेले सभामुख सापकोटाको विरोध गर्दै आएको छ ।

    जारी सर्वदलीय बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोलगायतका दलका प्रतिनिधि सहभागी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि आज सभामुखको पहलमा सर्वदलीय बैठक बसेकाे हाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं