SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२ गते
    ७३३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगबारे आवेगमा निर्णय नगर्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रन्या चोलेन्द्र शमशेर जबरा विरुद्ध लगाइएको महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा नभएर सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताएका हुन् ।

    आइतबार सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रन्या जबरा विरुद्धको महाभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गरेका थिए । त्यसबारे निर्णय लिन आज एमालेको संसदीय दलको बैठक बसेको थियो ।

    बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यस प्रकरणमा हामी आवेग र उत्तेजनामा आएर निर्णय गर्दैनौँ । नेतृत्वले सुझबुझपूर्ण निर्णय लिनेछ ।’

    एमाले पहिला सत्ता गठबन्धनको एक्सनबारे बुझेर मात्र आफूले निर्णय गर्ने पक्षमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तत्कालीन परिस्थिति हेरेर लोकतन्त्र र संविधानको पक्षमा आफ्नो पार्टीले निर्णय लिने अध्यक्ष ओलीको भनाइ रहेको ती नेताले बताए ।

    बैठकमा एमाले सांसदहरुले पनि आफ्नो धारणा राखेका छन् । एमाले नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधि सभा ब्युँताउन प्रन्या जबराले नै परमादेश दिएको भन्दै कतिपय सांसदले अब प्रन्या जबरालाई साथ दिन नसकिने धारणा राखेको बताइएको छ । यद्यपि एमालेले पनि कान्टर स्वरुप सर्वोच्च अदालतको संवैधानिक इजलास अन्य ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्ने तयारी गरिरहेको समेत बताइन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं