SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२ गते
    ५६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् ।

    स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेकाले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाहरुले पनि भोट हाल्न पाउने बताए ।

    आगामी वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई तोकिएको मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरिएको प्रवक्ता शर्माले बताए । यसअन्तर्गत करिब दुई लाख युवाले मताधिकार प्रयोग गर्न पाउने अनुमान छ ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ५ फागुनदेखि दल दर्ता सुरु गर्दै छ । यसअघि दर्ता भइसकेका दलहरुले पनि दर्ताका लागि निवेदन दिनुपर्ने आयोगले जनाएको छ । दल दर्ताको लागि १५ फागुनसम्मको समय दिने आयोगको तयारी छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं