SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२९ गते
    १००२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ,।

    जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्रा चयन हुनु भएको छ । हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा ईश्वर दयाल मिश्रा चयन हुनु भएको हो ।

    जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा पार्टी दर्ता गराइएको छ l

    अध्यक्षमा हृदयेश त्रिपाठी , बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरत कुमार थापा लगायत रहेका छन् l

    कपिलवस्तु जिल्लाका विभिन्न ठांउका राम रूप बढ्ई, गोबर्धन मौर्य, त्रिलोकी यादव, राजमन चौधरी, हरिराम तेली, सहमा मुसलमान, बब्बु यादव, राघवेंद्र मणि त्रिपाठी, गुड्डू चौधरी, राजमन केवट, दिल बहादुर केवट, अंशु मिश्र, अनुराग पाण्डेय, देवराज चौधरी, बहाउ कुर्मी, पहलवान तेली, इन्द्रजीत यादव, नगेन्द्र मिश्र, जुनेद खां, वृजमोहन पासी, दिलसाद अहमद खां, लल्लू कोरी, राम रूप बरई लगायत हजारौं समर्थक ले कपिलवस्तु जिल्लाको विकास प्रेमी नेताको रूपमा परिचित रहेका ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) जनता पार्टी प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा चयन भएको कुरा जिल्लाको लागि राम्रो सूचक रहेको आकलन गरेका छन् l

    साथै महासचिवमा छनोट भएको प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् l

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं