SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२३ गते
    ४४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मंसिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

    यसमा फरक इन्टरनेट कम्पनीको सेवा लिइरहेकाहरु एउटा ग्राहकलाई पनि ‘युनिक प्रयोगकर्ता’का गणना गरिएको छ ।

    २०७६ मंसिरमा २ करोड १३ लाख ७३ हजार रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले जनसंख्या भन्दा बढी ३ करोड ६० लाख ४१ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टले देखाउँछ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्यनको अनुपातमा ११८ प्रतिशत जनता इन्टरनटको पहुँचमा छन् । कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोगकर्ताको संख्या जनसंख्याभन्दा धेरै देखिएको हो ।

    प्राधिकरणको एमआईएस रिपोर्टअनुसार अहिले इन्टरनेट बजारमा मोबइाल ब्रोडब्यान्ड इन्टरनेटकै दबदबा छ । तर, फिक्स्ड ब्रोडब्यान्डतर्फ पनि ग्राह तीव्र दरमा बढेका छन् ।

    २०७६ मंसिरमा मोइबल इन्टरनेटको बजार ७८ प्रतिशत र फिक्स्ड लाइनट इटरनेटको २१ प्रतिशत थियो । अहिले मोबाइल इन्टरनेटको बजार घटेर ७४।६३ प्रतिशत र फिक्स्डलाइनको बढ्दै २४।७७ प्रतिशतमा पुगेको छ ।

    यो अवधिमा नेपाल टेकिलमको एडीएसल प्रयोगकर्ता ९ लाख ६६ हजारबाट घटेर ६ लाख ४२मा झरेको छ । तर, फाइबर इन्टरनेटका प्रयोगमर्ता ३६ लाख १५ हजारबाट बढेर ८२ लाख ८१ हजारमा पुगेको छ ।

    यो अवधिमा मोइबल इन्टरनेट प्रयोग गर्नेको संख्या करिब १ करोड ४ लाखले वृद्धि भयो । २०७६ मंसिरमा १ करोड ६५ लाख ६१ हजार रहेको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले २ करोड ६९ लाख ३ हजार पुगेको छ ।

    बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ठूलो संख्यामा ग्राहक संख्या विस्तार गरेका थिए ।

    स्मार्टफोनको प्रयोगले मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । कमजोर गुणस्तरका सेवाप्रदायक र प्रविधिलाई माहामारीका बेला थुप्रै ग्राहकले छाडे । नेपाल टेलिकमको एडीएसएल छाडेर फाइबर इन्टरनेटमा धेरै ग्राहक तानिनुले यो पुष्टि गर्छ ।

    इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले ‘आइस्पान’ महामारी सुरु भएपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उछाल आएको बताउँछ । महामारीमा ‘वर्क फर्म होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको हुन् । मोबाइल डाटाले काम चलाएकाहरुलाई फिक्स्ड लाइन इन्टरनेट जरुरत पर्‍यो ।

    महामारीमा घरबाटै काम गर्नेहरुले डेटाभन्दा छिटो र गुणस्तरीय भएकाले पनि फाइबर अप्टिक इन्टरनेट जोडेको कम्पनीहरु बताउँछन् । युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्नुपर्ने अवस्थाले पनि इन्टरनेट नजोडी घरमा बस्न नै मुस्किल भइदियो ।

    घरबेटी वा छरछिमेकको इन्टरनेटबाट काम चलाएकाहरुले पनि यो अवधिमा इन्टरनेट सेवा जोडका छन् । पछिल्लो वर्ष गाउँका स्वास्थ्य चौकी, विद्यालय लगायतमा सरकारले नै इन्टरनेट सेवा पुर्‍याएको छ । नेपाल टेलिकम र एनसेलको फोरजी प्रतिस्पर्धा गाउँसम्म पुग्दा इन्टरनेट सेवा विस्तार र प्रयोग बढेको हो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं