
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
मोरङको उखुबारीमा र ललितपुरको धापाखेलमा ३ जनाको हत्या गर्न मुख्य योजनाकारले १५ लाखमा ‘डिल’ गरेको थाहा भएको छ । मङ्सिर २८ मा धापाखेलमा मोहन प्रसाद लिम्बुको हत्या गरिएको थियो । उनको शव माघ २० मा भेटियो । धरान घर भएका राजेन्द्र कुमार श्रेष्ठलाई पुस ५ मा र सप्तरी घर भएका शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । राजेन्द्र र शम्भुको शव मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीको खाल्डोबाट उत्खनन गरिएको छ ।
३ जनाको हत्या गर्ने मुख्य योजनाकार हुन्, सिराहा घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल । उनलाई मोरङको जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित शाहले साथ दिएका थिए । उनीहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा मोरङ धनपालथान गाउँपालिका–७ का नासिर आलम, मोरङको रंगेली नगरपालिका–३ आमतोला बस्ने भारतीय नागरिक मोहम्मद सुभाष र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका १८ वर्षीय मोहम्मद हकिमलाई पैसा दिएर खेतालाको रूपमा प्रयोग गरिएको थियो । उनीहरूलाई अमित शाहले जनही ४० हजार रुपैयाँ ‘सुपारी’ दिएका थिए । अनुसन्धानबाट ३ जनाले जनही ४० हजार लिएको खुलेको मोरङका एसपी जनार्दन जिसीले बताए । उनले भने–‘अनिल र अमित मुख्य मान्छे हुन्, अरूलाई जनही ४० हजार नेपाली रुपैयाँ दिएर प्रयोग गरेको देखिन्छ ।’
अनिलको योजना सफल बनाउन हत्याको परिपञ्च मिलाउने र हत्या गर्ने मान्छे खोज्ने काम अमितले गरेका थिए । अमितले ४० हजार ‘सुपारी’ दिएर ३ जनासँग काम भएपछि १५ लाख रुपैयाँ दिने ‘डिल’ गरेको अनुसन्धानबाट थाहा भएको छ । ‘१५ लाखमा डिल भएपछि सबैजना मिलेर हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘डिल अमितले गरेका थिए, हत्या गर्ने र खाल्डो खन्ने ३ जनाले अमितलाई मात्र चिन्छन्, अनिललाई चिन्दैनन् ।’ अहिलेसम्म खुलेका ५ जना आरोपीलाई पक्रेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया