News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गर्न डा. केसीको आग्रह

    काठमाडौं । डा। गोविन्द केसीले मुलुकभर खुलेका मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् । विहीबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर डा।केसीले मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन आग्रह गरेका हुन् ।

    मन्त्री खतिवडालाई सात बुँदे ज्ञापन–पत्र बुझाउँदै डा। केसीले भनेका छन्, ‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको ब्यवस्थाबिना निजी स्वास्थ्य संस्थाहरु च्याउझैँ सञ्चालनमा आएका छन् । त्यसो गर्नु गैर कानूनी मात्र नभई विरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्ड विपरीतका स्वास्थ्य संस्थाहरु बन्द गराई दोषीहरुलाई कारबाही गरियोस् ।’

    यसका साथै डा।केसीले नेपाल मेडिकल काउन्सिलमा बसेर पदीय मर्यादा विपरीत स्वार्थ समूहको काम गर्ने तथा स्वार्थको द्वन्द्ध भएका ब्यक्तिहरुलाई पदमुक्त गरी योग्य र निष्पक्ष ब्यक्तिहरुलाई नियुक्त गर्न माग पनि गरेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया