SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२० गते
    ७१५ &#२३४६;&#२३३५;&#२३२५;

    विश्वभर कलेजोको क्यान्सरका कारण धेरै व्यक्तिहरुको मृत्यु हुने गरेको पाइन्छ । कलेजोको क्यान्सर विभिन्न कारणले हुने गर्छ । तर, विशेषगरी डाक्टरका अनुसार कलेजोको क्यान्सरको मुख्य कारक तत्व भनेको नै खानेकुरा हो । अत्यधिक मात्रामा जंक फुडले कलेजोको क्यान्सर गराउँछ ।

    कसरी हुन्छ कलेजोको क्यान्सर ?
    बेंगलुरुको मणिपाल हस्पिटलका प्रमुख डाक्टर राजीव लोचनले हिन्दुस्तान टाइम्सलाई भनेका छन्, ‘कलेजोको क्यान्सर सामान्यतयाः ह्यापोटोसेलुलर कार्सिनोमा र इन्ट्रोहेपेटिक कोलेन्जियोकार्सिनोमा हो । यसको कारण हेपेटिक एडेनोमा र फोकल नोड्युलर हाइपरप्लासिया जस्ता कलेजोमा हुने ट्युमर हुनसक्छन् । यसको प्रमुख कारणमा हेपाटाइटिस बी र सी भाइरस संक्रमण, सिरोसिस, आर्सेनिक मिसिएको दूषित पानी, मोटोपन, मधुमेह र अत्यधिक रक्सि सेवन नै हो ।’

    उनी अगाडि भन्छन्, ‘यो सबै कुराले फ्याटी लिभर बनाउने र अन्तमा क्यान्सर लाग्ने सम्भावना हुन्छ । फ्याटी लिभर सामान्यतयाः मोटोपना भएका व्यक्तिहरुमा हुन्छ । मधुमेह र हाई लिपिड प्रोफाइल भएका व्यक्तिहरुमा पनि फ्याटी लिभर हुन्छ । खाना खाने खराब बानी, बोसो र चिनीको धेरै सेवनले लिभरलाई फ्याटी बनाउँछ । जो व्यक्तिको मेटाबोलिज्म खराब हुन्छ उनीहरुको कलेजोमा फ्याटी लिभर ट्युमरमा परिवर्तन हुन्छ ।’

    जंक फुड
    जंक फुड नियमित जीवनयापनको हिस्सा बन्न थालेको छ । जंक फुडको मतलब सही तरिकाले नपकाएको खाना हो । यसले कलेजोको क्यान्सर गराउने सम्भावना धेरै हुन्छ । जंक फुडमा हाइड्रोकार्बन हुन्छ जसमा हुने कार्सिनोजेनिक नामक केमिकलले क्यान्सर गराउने पदार्थ उत्पादन गर्छ ।

    हाम्रो शरीरमा सही र गलत दुवै प्रकारका ब्याक्टेरिया हुन्छन् । जंक फुडले गलत ब्याक्टेरियालाई बढाउँछ र क्यान्सर गराउने सम्भावना पनि बढाउँछ । डाक्टरका अनुसार खराब जीवनशैली, धेरै क्यालोरी भएको खाना, धेरै कार्बोहाइड्रेट भएको खाना, सोडा भएको पेयपदार्थ र व्यायामको कमिले पनि कलेजोको क्यान्सर गराउँछ । त्यसैले विशेषज्ञले विशेषगरी जंक फुडको सेवन घातक भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं