SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/१९ गते
    ६७९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सांसदहरुलाई स्वविवेकको निर्णय गर्न दिनुपर्ने बताएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताए ।

    उनले भने, ‘सत्तामा रहेका नेताहरु जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । सुनिरहेका छौं भर्चुअल मिटिङहरु भइरहेका छन्, विदेशीको एडभाइस लिने खालका कुराहरु भइराखेका छन् ।’एमसीसी विकास परियोजना भएको भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यसलाई लिने कि नलिने भन्ने विषय संसद र राजनीतिक दलहरुको स्वेच्छिक रोजाइ भएको बताए ।

    ‘हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ,’ उनले भने, ‘संसदमा आउन नदिने, बन्द कोठामा तथाकथित गठबन्धका कार्यदलको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइदैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं