SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/१७ गते
    ५३० &#२३४६;&#२३३५;&#२३२५;

     

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको कारबाही पत्र दर्ता भएको छ ।

    अध्यक्ष ओली कोरोना संक्रमित हुँदाहुँदै बालकोटस्थित रक्तदान कार्यक्रममा संक्रामक रोग ऐन २०२० विपरित सहभागी भएको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले पेश गरेको कारबाही पत्र दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

    सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

    सहायक अधिकारी परियारले संक्रामक ऐन २०२० को संक्रमण ऐनअनुसार नै कारबाही पत्र दर्ता भएको बताइन्। उनका अुनसार कारबाही पत्र दर्ता भएसँगै यसबारेमा प्रमुख जिल्ला अधिकारीले सबै कामकारबाही हेर्ने पनि उनले बताइन्।

    अध्यक्ष ओली कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भातृ संगठन युवा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा हुलहुज्जतसहित सरिक भई आफूलाई सामान्य संक्रमण भएको निवेदनमा भनिएको छ।

    कोरोना संक्रमित ओलीले कोरोना संक्रमण फैलाउनुका साथसाथै भ्रमित अवस्था सिर्जना गरेको भन्दै संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाहीको माग गरिएको छ ।

    निवेदन पत्रमा भनिएको छ, ‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार संप्रेशण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौँ । ‘यसरी आफू कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं