
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थालेका छन् । उनले सम्हालेपछि पर्यटन मन्त्रालयले ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको छ ।
आलेले पर्यटन मन्त्रालय सम्हाल्नुअघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७ थियो, अहिले २२ पुगिसकेको छ । पर्यटन विभागकाअनुसार चालु आर्थिक वर्षमा जारी भएका ६ मध्ये ५ वटा क्यसिनोले आले मन्त्री भएपछि नै लाइसेन्स लिएका हुन् ।
आले गत २२ असोजमा पर्यटनमन्त्री नियुक्त भएका थिए । त्यसपछि उनले लगातार लाइसेन्स जारी गरिहरेका छन् । सहजै धमाधम लाइसेन्स पाइन थालेपछि क्यासिनोको लाइसेन्स लिने दाउमा रहेकाहरुको चलखेल बढेको छ । केही हप्ताभित्रै अन्य केही क्यासिनोले पनि लाइसेन्स पाउने मन्त्रालय स्रोतको दावी छ ।
क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ ।
नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलेले गुपचुप रुपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेको मन्त्रालय स्रोतको दाबी छ ।
मन्त्री आलेले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिएका छन् । यो गुण्डानाइके बलराम सापकोटा ‘बले’ को लगानी रहेको यो क्यासिनो हो । १९ असोज, २०७७ मा सम्पत्ति शुद्धीकरण विभागले गुण्डानाइके सापकोटा र उनकी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। जुन अझै विशेष अदालतमा विचाराधीन छ ।
काभ्रेको रोशी(४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेसँग पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको स्रोत नखुलेको शेयर लगानी भटिएको दाबी गर्दै विभागले जफतको लागि आदालतमा माग दाबी पेश गरेको छ । तर मुद्दा टुंगो नलाग्दैै बलेको लगानीमा रहेको क्यासिनोलाई मन्त्री आलेले इजाजतपत्र दिएका हुन् ।
मन्त्री आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका छन् । उनले करिब २ महिनाको अवधिमा १ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गरेका हुन् ।
गत ९ कात्तिकमा मन्त्रालयले नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । क्यासिनो नियमावलीअनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौंको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगञ्जमा लाइसेन्स जारी भएको छ ।
गत १२ कात्तिक २०७८मा फेरि नेपालगञ्जकै होटल स्टार लाइटको भेन्यू रिक्रिएसनले पनि लाइसेन्स पाएको छ । १४ पुस २०७८मा नेपालगञ्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टले पनि लाई क्यासिनोको अनुमतिपत्र पायो । १६ पुस २०७८मा नेपालगञ्जको होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पायो ।
प्रधानमन्त्री शेरबहादुर देउबाले पर्यटन मन्त्रालय सम्हालेको बेला असोज १६ गते मन्त्रालयबाट भैरहवाको नान्स होटल ‘सिद्धार्थ गेमिङ जोन’ नाममा लाइसेन्स जारी भएको थियो ।
मन्त्रालयले काठमाडौंको होटेल अलफ्टमा पनि ‘वाल्ड इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालनको अनुमति दिन तयारी गरेको छ । जथाभवी इजाजतपत्र बाँड्न थालेपछि भविष्यमा रोयल्टी नउठ्ने समस्या झन बढ्ने विभागका अधिकारीहरुको चिन्ता छ ।
अहिले ७ वटा क्यासिनोले रोयल्टी बक्यौता नतिरेपनि सर्वोच्च अदालतको अन्तिरिम आदेश देखाएर चलिरहेका छन् । २ वटा क्यासिनो बन्द भइसकेका छन् ।
पर्यटक विभागका प्रवक्ता मोहनबहादुर जिसी क्यासिनोको अनुमतिपत्रका सम्बन्धमा मन्त्रालय स्तरबाट निणर्ययहरु हुने गरेको बताउँछन् । उनका अनुसार मन्त्रालयले निर्णय भएको जानकारी विभागमा पठाउँछ । मन्त्रालयले भने क्यासिनोसम्बद्ध सबै निर्णयहरु कानुन, विधि, प्रक्रिया र औचित्यअनुसार नै हुने गरेको दावी गर्दै आएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया