SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/१४ गते
    ८६९ &#२३४६;&#२३३५;&#२३२५;

    मुग्लिङ- पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रूख कटान भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँ(बायाँ रहेका रूख कटानलाई तीव्र पारिएको हो।

    मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रूख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना ९पूर्वी खण्ड० का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

    ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करिब ५० प्रतिशत रूख काटिसकिएको छ,’ उनले भने, ‘रूख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडि बढाउँछौं।’उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडि बढाइरहेको छ।

    जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार एक ६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार आठ सय रूख कटान गरिएको छ।पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरू गर्न केही ढिलाइ भएको थियो। रूख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरू गरिने बताइएको छ।

    सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख हटाउनुपर्ने हुन्छ।सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।

    सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ। जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ।

    वि।सं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो।

    असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१।४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।जामुने(पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ। आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का लागेको छ।

    मुग्लिन पोखरा सडक योजना पश्चिम ९जामुने–पोखरा० खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको छ।चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

    सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ। आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ। ३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको छ। अन्य २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं