News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ । गएकाे आइतवारदेखि लगातार घटिरहेको नेप्से आज ३८ दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ७६ दशमलव ६१ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । जीवन बीमा समूहकाे शेयर दुई सय ९८, निर्जीवन बीमा समूहकाे शेयर एक सय ४६, विकास बैंक समूहकाे शेयर ८४ र माइक्राेफाइनान्स समूहकाे शेयर ६३ अङ्कले घटेकाे छ ।

    आज ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज पोखरा फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया