News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    लोकसेवा परीक्षासँग सम्बन्धित २५ मुद्दा ‘हेर्दाहेर्दै’मा

    काठमाडौं । लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतले मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो । शुक्रबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासमा लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ तोकिएको थियो ।

    न्यायाधीशहरु भट्टराई, मल्ल र सुवेदीको पूर्ण इजलासले उक्त मुद्दा शुक्रबार ‘हेर्दाहेर्दै’ राखेको हो ।

    २०७८ असोज १ गते शिवहरि दाहालसमेतद्वारा लोकसेवा आयोगसमेतविरुद्ध दायर रिट कात्तिक ५ गते इन्द्रकमल शिवाकोटीद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विरुद्ध २५ वटा मुद्दा एकै ठाउँमा राखेर हेरिँदै छ ।

    यससँगै पुस २९ गतेबाट एकसाथ सुनुवाइ सुरु भएको थियो । पुसमा ‘हेर्दाहेर्दै’ राखिएको उक्त मुद्दाको पेशी शुक्रबारको लागि तोकिएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया