News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    यसपालीको माघेसंक्रान्तिमा विश्वकै ठुलो शालिग्राम शिलामा मेला लगाउन रोक {सूचनासहित}

    पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिका स्थित सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिलामा माघे संक्रान्ति मेला लगाउन रोक लगाईएको छ ।

    बढ्दो कोभिड संक्रमणक कारण मेला लगाउन रोक लगाईएको हो । पछिल्लो केहि दिन यता कोरोना संक्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जना भन्दा बढि भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाईएको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो ।

    पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थल सेतीवेणीमा हरेक वर्षको माघे संक्रान्तिमा ठुलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजनहरु आउने गर्दछन् । विहादी गाउँपालिकाले सुचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे संक्रान्तिको नियमित मेला, महोत्सव लगायत अन्य भिडभाड जन्य कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ ।

    केहि दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि पुस ३० गते राती १२ बजेदेखि २५ जना भन्दा बढि भेला नहुने आदेश जारी गरेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया