SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/६ गते
    ७४२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरमा ब्यापक बिरोध चलिरहेको बेला नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी माओवादी र नेकपा मालेले सरकारले जनभावना बिपरीत, राष्ट्रहित विपरीत रहेको सम्झौता संसदबाट पारित गर्ने जोडबलमा लागेको भन्दै संयुक्त मोर्चा बनाई बिरोध पर्दशन गरिरहेको छ ।

    बिचमा केहि समय सेलाएर फेरी चर्चामा आएको अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित भए त्यसले देशलाई भयानक अबस्थामा लैजाने भन्दै फेरी त्यसको बिरुद्ध बिरोध पर्दशनका कार्यक्रमहरु गरिएको नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज बिकिरणले जानकारी गराउनु भएको छ ।

    आज कुश्मा बजारमा चोक चोकहरुमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी माओवादी र नेकपा माले निकटका नेता तथा कार्यकर्ताहरुले पर्चा र पोस्टरहरु टागी बिरोध जनाएका हुन ।

    पर्चा पोस्टर टासेपछि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी अनन्त केसी, क्रान्तिकारी माओवादी जिल्ला इन्चार्ज तेजेन्द्र पौडेल र नेकपा मालेका पर्वत जिल्ला सचिव यम बिश्वकर्मा लगायतका नेताहरुले सयुक्त रुपमा पर्वतका जनतालाई एमसीसी बिरुद्धमा आन्दोलनमा लाग्न आवहान समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं