SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/४ गते
    १४०७ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । “खेल खेलाडीका लागि, खेलाडी रास्ट्रका लागी” भन्ने मूल नाराका साथ बिगत केहि बर्ष देखि कुश्मा बजारमा ब्यबसाय संचालन गरिरहेको पर्बत सपोर्ट हाउस ले यहि पौष ४ गते देखि ७ गते सम्म जिल्ला खेलकुद बिकाश समिति पर्बतको समन्वयमा “प्रथम पर्बत स्पोर्ट्स कप” पर्बत जिल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । कुश्मा बजारको बढागाँउ चौरमा हुने उक्त प्रतियोगिताको आज उद्घाटन प्रमुख अथिति जलजला गाउँपालिकाका अध्यक्ष यम मल्ल “रामकृष्ण” ले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो भने बिशिष्ट अथिति कु.नपा ६का वडा अध्यक्ष रुद्र गिरी, अथिति जिल्ला खेलकुद बिकाश समिति पर्बतका अध्यक्ष हर्कमान गुरुङको उपस्थित रहेको थियो ।

    ३२ टिम सहभागी भलिबल खेलको पहिलो उद्घाटन खेलमा पयुं गा.पा-७ बिजयी भएको छ । पयुं गा.पा-७ र कु.नपा-९ ज्ञादी बिच बेस्ट अफ थ्री अन्तर्गत खेलाएको उक्त खेलमा  पहिलो सेट २५-१२ र दोस्रो २५- ११ को सोझो सेट मा पयुं गा.पा-७ बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा महासिला गाउपलिका पाखापानीले जलजला गाउपलिकालाई सोझो सेट २५-८ र २५-१७ मा हरायो ।

    नकाउट चरणमा खेलाएको खेलमा प्रथम हुनेलाई ७५,०००/ (पचहत्तर हजार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) पुरस्कार राशी रहेको भलिबल प्रतियोगिता को दोश्रो पुरस्कार ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र तेस्रो हुने टिम लाई २०,००० (बिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना टिमलाई १०,०००/ (दश हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको भलिबल संयोजक साथै पर्बत सपोर्ट हाउसका संचालक  जगदीश सुबेदी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रथम पर्बत स्पोर्ट्स कप २०७८ लाई पर्बत क्लब हङकङ, पर्बत समाज USA, पर्बत समाज कोरिया र पर्बत इन्डियन आर्मीले सपोर्टरका रहेका छन् । भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक लक्ष्मण श्रेष्ठले गर्नु भएको छ भने जिल्ला खेलकुद बिकाश समिति पर्बतको समन्वयमा भएको उक्त प्रतियोगिताबाट नबौ राष्ट्रिय खेलकुद जिल्ला छनौट गर्ने जानकारी पनि जिल्ला खेलकुद बिकाश समिति पर्बतका अध्यक्ष हर्कमान गुरुङले हामीलाई बताउनु भयो । साथै कार्यकमको संचालन कृष्ण अखेलीले गर्नु भएको थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं