
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
रबिप्रकाश कसौधन, कपिलवस्तु, |
सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको हो ।पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको आभाव भएर नयाँ दलको गठन भएको नभइ वैचारिक बहस प्रायः शून्य भएकोले नयाँ पार्टी गठन गर्नु परेको बताए । वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्यवयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिएका कारण नयाँ पार्टी गठन गरीएको उनले बताए ।
कमार्यक्रममा उनले अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन् तसर्थ अन्य दलप्रति हाम्रो आत्मिय सम्मान रहने बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल तथा लेखक तुलानारायण साहसमेत सहभागी थिए । पार्टीमा उनीहरुको भूमिकाबारे भने केही खुलाईएको छैन ।
विस्तृतमा पढ्नुहोस् प्रेस विज्ञप्तिः
आदरणीय पत्रकार
आज मिति २०७८ मंसीर २८ गते जनता प्रगतिशील पार्टी, नेपाल गठन भएको सहर्ष जानकारी गराउदछु । अपितु वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्यवयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन् तसर्थ अन्य दलप्रति हाम्रो आत्मिय सम्मान छ ।
वर्तमान परिदृश्यमा दलहरू बीच न्युनतम साझा विषयहरूमा राष्ट्रिय सहमतिको नितान्त आवश्यकता छ । यसले नै लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउनेछ र सम्बिधानलाई चलायमान बनाउने छ ।
क. संविधान कार्यान्यवयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व सहमति प्राप्त बूदाहरूमा संविधान संशोधन गर्न आवश्यक छ यस कार्यले एकतिर संविधान कार्यान्यवयनको क्रममा देखिएका बाधा अवरोध समाप्त हुनेछन् भने अर्कोतिर जनतामा नया आशावादको मनोविज्ञान संचारित हुनेछ
ख. स्थानीय तहको लेखा परिक्षण महालेखा परिक्षकको प्रतिवेदनको विषयमा छलफल र निर्णय गर्न प्रदेश सभा सार्वजनिक लेखा समितिको सदस्यको संयोजकत्वमा महालेखा परिक्षकले नियुक्त गरेको प्रतिनिधि तथा जिल्ला समन्वय समितिको प्रमुख सम्मिलित समिति निर्माण आवश्यक छ । यस कार्यले स्थानीय तहमा देखिएका वेरूजू र आर्थिक अनुशासनहीनतालाई क्रमशः समाप्त गर्दै जनविश्वासमा वृद्धि गराउनेछ ।
ग. स्थानीय तहको सीमाकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिश २ नं। प्रदेशमा मात्रै कार्यान्यवयन भयो । १ नं लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा निर्वाचनको कारणले कार्यान्यवयन भएको छैन् । तसर्थ उक्त आयोगको सिफारिश १ नं।, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा पनि कार्यान्यवयन गरियोस ।
घ. मुलुकको अर्थतन्त्र, वैकिङ्ग क्षेत्रमा देखएका चुनौती आदिको विषयमा अविलम्ब सर्वपक्षीय बहसको आवश्यकता छ ।
ङ. मुख्य बालीको रूपमा रहेका धान, गहुँ, उखू, स्याउ, केरा, अदुवा, सुन्तला, दुग्ध लगायतको उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गर्न विशेषज्ञ सम्मिलित स्थायी प्रकृतिको उच्चस्तरीय मूल्य निर्धारण आयोग गठन हुनु आवश्यक छ
च. तराई मधेशका विभिन्न सामाजिक समुह आदिवासी जनजातिहरू संग रहेका पारम्परिक पेशालाई समयानुकूल बनाउदै सो पारम्परिक पेशाहरूको संरक्षण तथा विकास गर्दै जीवनयापनको भरपदों साधनका रूपमा रूपान्तरित गर्नु आवश्यक छ ।
फलतः पारम्परिक पेशा, शिप र ज्ञान पुस्तान्तरण हुदै जीवन्त रहनेछ भने अर्कोतिर ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन सहयोग पुग्नेछ ।
छ. जन्मको आधारमा नागरिकताको प्रमाण पत्र प्राप्त गरिसकेका नेपाली नागरिकको सन्तानले नागरिकताको प्रमाण पत्र पाउन सकेका छैनन् केही कानूनी व्यवस्थाको निर्माणको प्रयास तार्किक निष्कर्षको प्रयास तार्किक निष्कर्षमा पुग्न सकेन्। फलतः ती व्यक्तिहरू कष्टकर जीवन बिताउन बाध्य छन् । साथै सम्विधानमा उल्लेख भएको आमाको नागरिकताको आधारमा नागरिकताको प्रमाण पत्र उपलब्ध गराउने कानूनको आभावले यो पनि कार्यान्यवयन हुन सकेको छैन् यस विषयको समाधान अविलम्ब हुनु आवश्यक छ ।
ज. कैलालीबाट अत्यधिक बहुमतले निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय रेशम चौधरी हालसम्म जेलमा रहनु विडम्बना हो । घटनास्थलमा उपस्थितने न रहेका व्यक्ति जेल जीवन भोग्नु दुःखद मात्रै होइन कि न्यायिक अपचलन पनि हो
झ. कोभिङ(१९को विरुद्ध संघर्ष गर्न तथा सचेत रहन सम्पूर्ण देशबासीलाई जनता प्रगतिशील पार्टी, नेपालले हार्दिक अपील गर्दछ ।
ञ. दलहरू बीच परराष्ट्र सम्बन्धमा ःऋऋ लगायत कतिपय विषयहरूमा राष्ट्रिय सहमति बन्न नसकेका कारण देशको अन्तर्राष्ट्रिय विश्वसनियतामा प्रश्न चिह्न उठेको वर्तमान अवस्थामा मूलभूत विषयमा अविलम्ब राष्ट्रिय सहमति निर्माण गर्नु आवश्यक छ
पत्रकार साथीहरू,
यी विषयहरू लगायत केही अन्य विषयहरू छन्, जसमा दलहरूले राष्ट्रिय सहमति कायम गर्न सक्छन् र गर्नुपर्छ । संविधानप्रतिको स्वामित्व क्रमशः घटदो छ । दलहरू बीच अस्वस्थ्य र अभद्र प्रतिस्पर्धा बढदो छ । राज्यका अंगहरू बीचको सीमा उलंघनले संविधान घाइते भइरहेको छ । यो नितान्त अशुभ सङ्केत हो । यी चुनौतीहरूबाट पार पाउन मुद्दा र बुदामा आधारित राष्ट्रिय बहस र राष्ट्रिय सहमतिको विकल्प छैन् । जनता प्रगतिशील पार्टी, नेपाल नविन विचार, व्यवहार र कार्यशैलीका साथ आफ्नो गतिविधि सञ्चालन गर्नेछ ।
किसान, मजदूर, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिकर्मी, सञ्चारकर्मी लगायत सम्पूर्ण महानुभावहरूबाट नया दलले पुर्ण सहयोगको आशा राखेको छ । सधन्यवाद । सम्पूर्ण जानकारी पूर्व मंत्री इश्वर दयाल मिश्रा (बिरेंद्र मिश्रा) ले दिनुभयो l


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया