SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२७ गते
    ६५३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, |

    नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो । समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गरेको छ ।

    अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने छन् । कपिलवस्तु बाट नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा १७ प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले जानकारी दिएका छन् ।

    उनका अनुसार रुद्रलाल बन्जाडे, ,रामचन्द्र शाहा(क.बिष्णु),सत्यनारायण त्रीपाठी , सुकै थारु , अर्जुन प्रसाद सापकोटा , बिजय प्रकाश जैसवाल , करम बहादुर यादव , जनि बन्जाडे, कमला भुसाल, विमला दहित, उमा बि.क, शुष्मा यादब, रण बहादुर परियार, धन बहादुर यादव , नारायण प्रसाद भुसाल गरि मुस्लिम समुदाय बाट, मौलाना मशहूद खां नेपाली , हजरत अलि मुसलमान प्रतिनिधी छनौटमा परेका हुन् ।

    नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, माओवादी केन्द्रका नेता केशर ओली, राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की लगायतले नव निर्वाचित सम्पूर्ण प्रदेश कमिटी लाई हार्दिक बधाई दिदै सफल कार्यकाल को शुभकामना समेत व्यक्त गरेका छन् l

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं