News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम सार्वजनिक…

    काठमाण्डौ । युवा तथा सम्भावना बोकेका सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम भर्खर मात्र सार्वजनिक भएको छ ।

    नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने रावलले सार्वजनिक गरेको पछिल्लो गीतमा समेत शब्द,संगीत तथा आवाजमा निकै उत्कृष्टता देख्न सकिन्छ ।

    गीत संगीतलाई अत्यन्तै माया गर्ने अर्जुनले गीत सार्वजनिक भएपछि साथीभाईहरुबाट राम्रो प्रतिक्रियाहरु आइरहेको र यसले आँफुलाई आगामी दिनमा अगाडी बढ्न अझ हौसला मिलेको बताउनु भएको छ ।

    उनको पछिल्लो गीतमा माया प्रेमलाई शब्द संगीत मार्फत निकै कलात्मक रुपमा उठाउन खोजिएको छ । गीतमा सुमधुर आवाज सहित रावलले संगीत समेत सिर्जना गरेका छन । बहुप्रतिभाका धनि रावलले गीतमा दमदार अभिनयकला समेत प्रस्तुत गरेका छन । गीतका शब्द भने ललिता कुँवरले सिर्जना गरेका हुन ।

    म्युजिक भिडियो रावललाई मारिया कार्कीले साथ दिएकी छन भने म्युजिक भिडियो निर्देशन समेत अुर्जन आँफैले गरेका छन । गीतलाई Amaira entertainment ले बजार ब्यवस्थापन गरेको छ । गीतको पुरै भिडियो यहाँ हेर्नु सक्नुहुने छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया