SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२२ गते
    ६७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट आफैं अलग भएका छन् । यससँगै अब रामचन्द्र पौडेल समूहमा पौडेलससँगै प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको दावेदार छन् । यद्यपि नेताहरुले भोलि बुधबारसम्म यो समूहबाट सभापतिको एक मात्र उम्मेदवार अघि सार्ने दाबी गरेका छन् ।

    १४औं महाधिवेशनको उद्घाटन समारोह २४ मंसिरमा काठमाडौंमै हुनेछ । निर्वाचन समितिले २५ गते उम्मेदवार मनोनयन दर्ताको मिति तोकिएको छ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार छन् भने पौडेल समूहले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

    नेताहरुले साझा उम्मेदवार दिने बताएपनि पछिल्लो समय सम्वाद नै कम भएको थियो । तर प्रदेश अधिवेशन सकिए लगतै सोमबारदेखि फेरि संवादमा जुटे । सभापतिका आकांक्षीहरुबीच सोमबार वरिष्ठ नेता पौडेलको निवास, बोहोराटारमा भेला भएका थिए । तर सहमति जुट्न सकेन ।

    शशांकले छोडे सभापतिको दौड

    मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरुरुको करिव ६ घण्टा लामो भएको थियो । नेताहरुले साझा उम्मेदवार नदिए जित्न सम्भव नभएको बताए र सहमतिका लागि सभापतिका आकांंक्षीहरुलाई दबाब दिए ।

    त्यसक्रममा महामन्त्री डा. कोइराला नेतृत्वको दौडबाट बाहिरिएको घोषणा गरेका छन् । सभापतिमा देउवालाई पराजित गर्न सक्ने उम्मेदवार आफू मात्रै रहेको दाबी गर्दै आएका शशांकले सहमतिका लागि त्याग गरेको बताए । ‘मैले सभापतिको दावी छोडेँ,’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘अब तीन जनाबीच समझदारी गरेर एउटा उम्मेदवार तय गर्नुपर्छ ।’

    आकांक्षीहरुमा आफू नै लोकप्रिय भएको दाबी गरेका थिए । तर एक मात्रै उम्मेदवार दिन नसके पार्टी देउवालाई नै बुझाइदिए हुने उनको तर्क थियो । ‘रामचन्द्रजीले सहमतिका लागि तपाईँले मलाई सहयोग गर्नुपर्यो भनेर भन्नुभयो । तपाई शेखर र प्रकाशमानलाई मिलाउन सक्नुहुन्छ भने म सभापतिमा दाबी गर्दिन,’ महामन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईँहरु मिलेर साझा उम्मेदवार दिनुस् भन्नुभयो ।’

    रामचन्द्रले लगाए दाऊ

    शशांकले सभापतिको दौडबाट बाहिरिँदा वरिष्ठ नेता पौडेललाई समर्थन गर्ने इंगित गरेका थिए । बाँकी दुई आकांक्षीलाई सहमत गराएर पौडेल साझा उम्मेदवार बन्दा स्वीकार्य हुने उनले संकेत गरेका थिए ।

    त्यसले हौसिएका पौडेलले पनि बाँकी जनाबीच सहमति हुन्छ भने म बाधक नबन्ने बताए । नेताहरुका अनुसार डा. शेखर कोइरालाले सभापतिका लागि तीन चार वर्षदेखि तयारी गरेका छन्, युवाहरुको समूहलाई पनि आफूसँग जोडेका छन् । नेतृत्व परिवर्तन हुनुपर्छ भन्नेहरु आफ्नो पक्षमा रहेको र इतर समूहका महाधिवेशन प्रतिनिधिहरु पनि आफूसँग बढी भएको दावी गरे । त्यसैले सहजै दाबी छाड्ने अवस्था छैन ।

    पूर्वमहामन्त्री सिंहले पनि शेखरको नेतृत्व स्वीकार गर्ने सम्भावना कम छ । पार्टी महामन्त्री र उपसभापति भइसकेकाले सभापतिको स्वभाविक उम्मेदवार भएको उनको तर्क छ ‘मैले अघिल्लो महाधिवेशनमै त्याग गरिसकेको हो, अब त मलाई राजनीतिक न्याय हुनुपर्यो,’ उनले भने, ‘बरु अरु नेताहरुको व्यवस्थापन कसरी गर्ने त्यसमा छलफल गरौं ।’

    अर्थात अहिलेसम्म प्रकाशमान सिंह र शेखर कोइरालाले एकअर्कालाई स्वीकार गर्ने सम्भावना कम छ । त्यही बुझेका वरिष्ठ नेता पौडेलले उनीहरु नमिल्दा आफ्नो नेतृत्व स्वीकार्य होस् भनेर सहमति हुन्छ भने बाधक हुन्न भनेका हुन् । उनीहरु मिल्न सक्दैनन्, त्यो अवस्थामा आफू सर्वस्वीकार्य हुन्छु भन्ने बुझाइका साथ उहाँले यो दाउ लगाउनु भएको हो,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘यदि उहाँहरुबीच एक जना सभापतिको उम्मेदवार बन्न सहमत भयो रामचन्द्र पौडेलले दाउ खेर जान्छ ।’

    सिंह र कोइरालाबीच सहमति हुन नसकेको अवस्थामा भने पौडेलकै नेतृत्वमा सहमति खोज्ने सम्भावना बढी हुने अर्का एक केन्द्रीय सदस्यले बताए । ‘उहाँहरु (सिंह र कोइराला) मिल्नुहुन्न भने हामीले त रामचन्द्र दाइलाई नै अगाडि सार्नुपर्ने हुन्छ,’ चाक्सीबारीमा बैठकपछि एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘हाम्रो जोड व्यक्तिमा होइन, एक जना सभापति हुनुपर्छ र अहिले पार्टी जसरी विधि पद्धतिभन्दा बाहिर गएर चलिरहेको छ, यसलाई सच्याउनुपर्छ भन्ने नै हो ।’

    नेताहरुबीच भएको सहमतिअनुसार नेतृत्वबारे भोलि बुधबार जिल्ला सभापति, प्रदेश सभापति लगायतसँग भोलि वरिष्ठ नेता पौडेलले छलफल गर्नेछन् । त्यहाँ आउने राय र नेताहरुबीच भएको छलफलका आधारमा एउटा निर्णयमा पुग्ने पौडेल समूहका नेताहरुले बताएका छन् ।

    बैठकपछि वरिष्ठ नेता पौडेलले सभापतिको साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको बताए । भने, ‘हामी सहमतिको निक्कै नजिक पुगेका छौं । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर हाम्रो निर्णय बाहिर आउँछ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं