
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट आफैं अलग भएका छन् । यससँगै अब रामचन्द्र पौडेल समूहमा पौडेलससँगै प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको दावेदार छन् । यद्यपि नेताहरुले भोलि बुधबारसम्म यो समूहबाट सभापतिको एक मात्र उम्मेदवार अघि सार्ने दाबी गरेका छन् ।
१४औं महाधिवेशनको उद्घाटन समारोह २४ मंसिरमा काठमाडौंमै हुनेछ । निर्वाचन समितिले २५ गते उम्मेदवार मनोनयन दर्ताको मिति तोकिएको छ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार छन् भने पौडेल समूहले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
नेताहरुले साझा उम्मेदवार दिने बताएपनि पछिल्लो समय सम्वाद नै कम भएको थियो । तर प्रदेश अधिवेशन सकिए लगतै सोमबारदेखि फेरि संवादमा जुटे । सभापतिका आकांक्षीहरुबीच सोमबार वरिष्ठ नेता पौडेलको निवास, बोहोराटारमा भेला भएका थिए । तर सहमति जुट्न सकेन ।
शशांकले छोडे सभापतिको दौड
मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरुरुको करिव ६ घण्टा लामो भएको थियो । नेताहरुले साझा उम्मेदवार नदिए जित्न सम्भव नभएको बताए र सहमतिका लागि सभापतिका आकांंक्षीहरुलाई दबाब दिए ।
त्यसक्रममा महामन्त्री डा. कोइराला नेतृत्वको दौडबाट बाहिरिएको घोषणा गरेका छन् । सभापतिमा देउवालाई पराजित गर्न सक्ने उम्मेदवार आफू मात्रै रहेको दाबी गर्दै आएका शशांकले सहमतिका लागि त्याग गरेको बताए । ‘मैले सभापतिको दावी छोडेँ,’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘अब तीन जनाबीच समझदारी गरेर एउटा उम्मेदवार तय गर्नुपर्छ ।’
आकांक्षीहरुमा आफू नै लोकप्रिय भएको दाबी गरेका थिए । तर एक मात्रै उम्मेदवार दिन नसके पार्टी देउवालाई नै बुझाइदिए हुने उनको तर्क थियो । ‘रामचन्द्रजीले सहमतिका लागि तपाईँले मलाई सहयोग गर्नुपर्यो भनेर भन्नुभयो । तपाई शेखर र प्रकाशमानलाई मिलाउन सक्नुहुन्छ भने म सभापतिमा दाबी गर्दिन,’ महामन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईँहरु मिलेर साझा उम्मेदवार दिनुस् भन्नुभयो ।’
रामचन्द्रले लगाए दाऊ
शशांकले सभापतिको दौडबाट बाहिरिँदा वरिष्ठ नेता पौडेललाई समर्थन गर्ने इंगित गरेका थिए । बाँकी दुई आकांक्षीलाई सहमत गराएर पौडेल साझा उम्मेदवार बन्दा स्वीकार्य हुने उनले संकेत गरेका थिए ।
त्यसले हौसिएका पौडेलले पनि बाँकी जनाबीच सहमति हुन्छ भने म बाधक नबन्ने बताए । नेताहरुका अनुसार डा. शेखर कोइरालाले सभापतिका लागि तीन चार वर्षदेखि तयारी गरेका छन्, युवाहरुको समूहलाई पनि आफूसँग जोडेका छन् । नेतृत्व परिवर्तन हुनुपर्छ भन्नेहरु आफ्नो पक्षमा रहेको र इतर समूहका महाधिवेशन प्रतिनिधिहरु पनि आफूसँग बढी भएको दावी गरे । त्यसैले सहजै दाबी छाड्ने अवस्था छैन ।
पूर्वमहामन्त्री सिंहले पनि शेखरको नेतृत्व स्वीकार गर्ने सम्भावना कम छ । पार्टी महामन्त्री र उपसभापति भइसकेकाले सभापतिको स्वभाविक उम्मेदवार भएको उनको तर्क छ ‘मैले अघिल्लो महाधिवेशनमै त्याग गरिसकेको हो, अब त मलाई राजनीतिक न्याय हुनुपर्यो,’ उनले भने, ‘बरु अरु नेताहरुको व्यवस्थापन कसरी गर्ने त्यसमा छलफल गरौं ।’
अर्थात अहिलेसम्म प्रकाशमान सिंह र शेखर कोइरालाले एकअर्कालाई स्वीकार गर्ने सम्भावना कम छ । त्यही बुझेका वरिष्ठ नेता पौडेलले उनीहरु नमिल्दा आफ्नो नेतृत्व स्वीकार्य होस् भनेर सहमति हुन्छ भने बाधक हुन्न भनेका हुन् । उनीहरु मिल्न सक्दैनन्, त्यो अवस्थामा आफू सर्वस्वीकार्य हुन्छु भन्ने बुझाइका साथ उहाँले यो दाउ लगाउनु भएको हो,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘यदि उहाँहरुबीच एक जना सभापतिको उम्मेदवार बन्न सहमत भयो रामचन्द्र पौडेलले दाउ खेर जान्छ ।’
सिंह र कोइरालाबीच सहमति हुन नसकेको अवस्थामा भने पौडेलकै नेतृत्वमा सहमति खोज्ने सम्भावना बढी हुने अर्का एक केन्द्रीय सदस्यले बताए । ‘उहाँहरु (सिंह र कोइराला) मिल्नुहुन्न भने हामीले त रामचन्द्र दाइलाई नै अगाडि सार्नुपर्ने हुन्छ,’ चाक्सीबारीमा बैठकपछि एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘हाम्रो जोड व्यक्तिमा होइन, एक जना सभापति हुनुपर्छ र अहिले पार्टी जसरी विधि पद्धतिभन्दा बाहिर गएर चलिरहेको छ, यसलाई सच्याउनुपर्छ भन्ने नै हो ।’
नेताहरुबीच भएको सहमतिअनुसार नेतृत्वबारे भोलि बुधबार जिल्ला सभापति, प्रदेश सभापति लगायतसँग भोलि वरिष्ठ नेता पौडेलले छलफल गर्नेछन् । त्यहाँ आउने राय र नेताहरुबीच भएको छलफलका आधारमा एउटा निर्णयमा पुग्ने पौडेल समूहका नेताहरुले बताएका छन् ।
बैठकपछि वरिष्ठ नेता पौडेलले सभापतिको साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको बताए । भने, ‘हामी सहमतिको निक्कै नजिक पुगेका छौं । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर हाम्रो निर्णय बाहिर आउँछ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया