SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२६ गते
    ९०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (बिहीबार) गृहजिल्ला तनहुँ पुगेर नेता पौडेलले आफूले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

    पौडेलले यसअघि नै उपयुक्त समयमा आफूले महामन्त्रीमा उम्मेद्धवारी दिने बताएका थिए । अब कांग्रेसको आसन्न महाधिवेशनमा पौडेलको प्रतिष्पर्धा विश्वप्रकाश शर्मा र गगन थापासँग हुने पक्का भएको छ। शर्मा र थापाले यसअघि नै महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् ।

    नेता पौडेलले आज तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ मा आयोजित एक कार्यक्रममा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

    उनले पार्टीमा आफूले पाएका सबैखाले जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको भन्दै अब महामन्त्रीमा उम्मेद्धवारी दिन लागेकोले देशभरिका नेता तथा कार्यकर्ताहरुबाट सहयोगको अपेक्षा गरेको बताए ।

    पौडेलले कांग्रेसको भातृ संगठन नेविसंघको नेतृत्वमा रहेर काम गरिसकेका छन् । देशभरिका पार्टीको युवा पँक्तिले पौडेललाई यसपटक महामन्त्रीमा उम्मेद्धवारी दिन दबाब दिएको छ । उनले आफूले पार्टीको संगठन चुस्तदुरुस्त र प्रभावकारी बनाउनका लागि पनि महामन्त्रीमा उम्मेद्धवारी दिन लागेको स्पष्ट पारेका छन् ।

    उनले भर्खरै कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको सदस्यमा रहेर महत्पूर्ण काम सम्पन्न गरेका छन् । उनी नेता कृष्ण सिटौलाको निकट मानिन्छन् । सिटौलाले पनि आफूले यसपटकको महाधिवेशनमा समूह नै बनाएर प्रतिष्पर्धा बनाउने बताईसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं