
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)को कार्यकक्षमा दुईवटा टेबल छ ।
एउटा टेबलमा लेखिएको छ, ‘मा. राजीव गुरुङ युवा तथा खेलकुद मन्त्रालय ।’ यो टेबलको दायाँ–बायाँ पर्ने गरी भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर राखिएको छ ।
मन्त्रीको टेबलको आडमै अर्को टेबल राखिएको छ । टेबलमा राखिएको नेमप्लेटमा लेखिएको छ, ‘रोनित गुरुङ, कार्यवाहक तथा प्रवक्ता ।’
मंगलबार मन्त्रीको कार्यकक्षमा मनाङे अनुपस्थित थिए र रोनित त्यही सोफामै बसेर भेट्न तथा योजना माग्न आउनेहरुका फाइल हेर्दै थिए । मन्त्रीको ‘कार्यवाहक तथा प्रवक्ता’ पद अनौठो मात्रै होइन, कुनै नियम कानुनले नचिन्ने पद हो । तर गण्डकीको खेलकुद मन्त्रालयमा पछिल्लो समय यही दृश्य देख्न सकिन्छ ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले नियम विपरीत आफ्ना सहयोगीलाई मन्त्रालयको ‘कार्यवाहक र प्रवक्ता’को जिम्मेवारी दिएका छन् । यस विषयमा मन्त्रालयका कर्मचारीहरु बोल्न पनि डराउँछन् ।
गण्डकी प्रदेश सरकार बनाएको मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनअनुसार मन्त्रीले एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा सरहको स्वकीय सचिव र एक जना कार्यालय सहयोगी राख्न पाउने अधिकार छ । मन्त्रीको कार्यकक्षभित्रै नियममै नभएको कार्यवाहक तथा प्रवक्ता पद कसरी आयो त ?
रोनितले जवाफ दिए, ‘मन्त्रीज्यू हिँडिरहनुपर्छ, त्यसैले मलाई कार्यवाहक दिनुभएको छ । मन्त्रालयको काम र अन्य विषयमा अध्ययन गरेर बोल्नुपर्छ र प्रवक्ताको जिम्मेवारी पनि पाएको छु ।’
सरकारी सुविधा तथा पारिश्रमिक नपाउने गरी मन्त्री मनाङले आफूलाई नियुक्त गरेको उनले बताए । ‘मनाङे’का दाहिने हात मानिने रोनितले सुरुदेखि नै स्वकीय सचिवको रुपमा सघाउँदै आएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा टाँसिएको मन्त्रीहरुको सचिवालयको सूचीमा पनि उनी मनाङेको स्वकीय सचिव भएको उल्लेख छ ।
मनाङेको अधिकृतसरहको प्रमुख स्वकीय सचिवको रुपमा युनिका गुरुङ र नायव सुब्बा सरहको स्वकीय सचिवको रुपमा दिक्छेन डोल्मा लामाले पारिश्रमिक तथा सुविधा लिइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको लेखा शाखाले जनाएको छ ।
दिक्छेन मनाङेकै श्रीमती हुन् । गत साल २० लाख रुपैयाँ बराबरको मूर्ति चोरेको आरोपमा उनै रोनितले जाहेरी दिएपछि दिक्छेन मंसिर १० गते पक्राउ परेकी थिइन् । ५० हजार रुपैयाँ धरौटी बुझाएर पुस ४ गते रिहा भएकी थिइन् । त्यतिबेला मनाङेले दिक्छेन बद्मास भएको प्रतिक्रिया दिएका थिए । तर साउनयता दिक्छेनलाई स्वकीय सचिव नियुक्त गरेको सेवासुविधा दिलाएका छन् ।
कार्यवाहक तथा प्रवक्ता भनेर मनाङेले नियुक्त गरेका रोनित अहिले स्वकीय सचिव पनि छैनन् । तर कार्यवाहकको रुपमा मन्त्रीको काम गर्दै आएको एक कर्मचारीले बताए । ‘राज्यमन्त्री भए पनि कार्यवाहक दिन मिल्थ्यो । स्वकीय वा बाहिरी सहयोगी व्यक्तिलाई कसरी दिन मिल्छ ? यो निकै हाँस्यास्पद विषय छ,’ एक कर्मचारी भन्छन्, ‘ कहीँ नभएको जात्रा खेलकुद मन्त्रालयमा छ । हामी पनि उदेक छौं, तर मन्त्रीसामू कसैले भन्न सकेको छैन ।’
कार्यवाहक तथा प्रवक्ता भनिएका रोनितले मन्त्रालयको फाइल नै हेर्ने गरेको कर्मचारीहरु बताउँछन् । युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता एवं उपसचिव तेजप्रसाद काफ्ले रोनितले मन्त्रीको कार्यकक्षमै प्रवक्ता उल्लेख गरेर बसेकोबारे जानकारी गराइएको भएपनि यसबारे धेरै नबोल्ने प्रतिक्रिया दिए ।
स्रोतका अनुसार रोनितले मन्त्रालयका अधिकारीहरुलाई सल्लाहकारको परिचय पत्र बनाउन भनेका थिए । तर मन्त्रिपरिषदले निर्णय नगरेसम्म दिन नसकिने बताएपछि मनाङेले कार्यवाहक तथा प्रवक्ता भनेर टेबुल राख्न लगाएका हुन् ।
उसो त ठमेल पर्यटन परिषदका अध्यक्ष समीर गुरुङले मन्त्रीको सल्लाहकारको कार्ड बनाउन कर्मचारीलाई आग्रह गरेका थिए । उनलाई पनि मन्त्रिपरिषदको कार्यालयबाट निर्णय नहुँदासँम कार्ड बनाउन नमिल्ने जानकारी दिइएको थियो । त्यसबेला उनी निकै रिसाएको एक कर्मचारीले बताए ।
सरकारका प्रवक्ता भन्छन् : सबै हटाउन निर्देशन दिइसक्यौं
मन्त्री मनाङेले रोनितलाई गैरकानुनी रुपमा कार्यबाहक र प्रवक्ता तोकेको सरकारलाई पनि थाहा छ ।
सरकारका प्रवक्ता कुमार खड्का, यसरी कार्यवाहक तथा प्रवक्ता भनेर राख्नु गैरकानुनी हुन्छ भनेर मन्त्रीलाई जानकारी गराइसकिएको बताउँछन् । ‘कार्यवाहक तथा निमित्त दिने कतै चलन हुँदैन । सबै हटाउन निर्देशन दिइसकिएको छ,’ प्रवक्ता खड्काले भने, ‘जे पद कानुनसम्मत छ त्योभन्दा अरु राख्न पाइँदैन ।’
राज्यलाई आर्थिक भार नपर्ने गरी मन्त्रीले सल्लाहकार राख्ने सक्ने तर राज्यको कुनै पनि तौरतरिकामा उनीहरुको उपस्थिति हुन नहुने खड्काले बताए । तर सरकार गठनमा निर्णायक मनाङेले निर्देशन अझैसम्म पालना गरेका छैनन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया