SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२६ गते
    ९९२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु , । नेपालकाे संविधान २०७२अपुर्ण रहेकाले राज्यमा मुस्लिम ,थारु, मधेशीसंग अहिलेपनि भेदभाव कायमै रहेकाे जसपा अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ ।

    आज जिल्लाकाे कृष्णनगरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे पार्टी सुदृढीकरण तथा जनजागरण अभियान एवं अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मन्तव्य राख्नेक्रममा राज्यले अहिलेपनि मधेश जनआन्दोलन विपरित संविधान जारी गरि विभिन्न तरिकाले मुस्लिम ,थारु, मधेशीसंग भेदभाव कायमै राखेकाे बताउनुभयाे ।

    कार्यक्रममा बाेल्दा अध्यक्ष यादवले नेपालमा राजनिति सत्ता प्राप्तमा मात्र केन्द्रीत रहेकाेले अब समावेशी , संघिय संरचनालाई बचाउन हामी सबै एकजुट भई अगाडि बढ्नुकाे बिकल्प नरहेकाे बताए ।

    कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले विधिकाे शासन अन्तर्गत सबै धर्म , जाति र वर्णलाई समान अधिकार दिनुपर्छ बताए ।

    कार्यक्रममा विभिन्न दलबाट लगभग ६ सय जना जसपाका प्रवेश गरेकाे जनकारी प्रवक्ता पठानले दिएका हुन । केन्द्रीय सदस्य राजकुमार चाैधरीकाे संचालनमा लुम्बिनी प्रदेशका भाैतिक याेजना एवं पुर्वाधार मन्त्री सहसराम यादव , प्रदेश अध्यक्ष असाेक यादव ,पुर्व मन्त्री दान बहादुर चाैधरी , जिसस अध्यक्ष नारायण खनाल, शैलेष प्रतापशाह , मायादेवी गाउंपालिका अध्यक्ष बजरंगी चाैधरी , रामकुमार गुप्ता लगायत जसपा जिल्ला कार्य समिती सदस्य तथा सर्वसाधारणहरुकाे बाक्लाे उपस्थिति थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं