SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२४ गते
    ८४५ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेको १०औं महाधिवेशनमा नेकपा एकीृकत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइएको छ ।

    एमालेले आफ्नो महाधिवेशनको उदघाटन शत्रमा शुभकामनाका लागि प्रचण्डलाई निम्ता पठाएको हो । एमाले महाधिवेशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ ।

    केही दिनअघि सार्वजनिक कार्यक्रममै प्रचण्डले आफूलाई चुनौती दिन आफ्नो गृहजिल्लामा एमाले अधिवेशन आयोजना गरिएको टिप्पणी गरेका थिए । प्रचण्डले यसअघि एमालेको आठौं र नवौं महाधिवेशनमा उपस्थित भएर शुभकामना दिएका थिए । यसपटक समेत निम्ता आएको भए पनि जाने नजानेबारे प्रचण्डले आफ्नो सचिवालयका सदस्यलाई समेत बताएका छैनन् ।

    सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गरेपछि दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबीच केहीपटक टेलिफोन संवादबाहेक प्रत्यक्ष कुराकानी भएको छैन । त्यसयता दुवै नेताले सार्वजनिक रुपमा एकअर्काप्रति तीतो पोख्दै आएका छन् ।

    प्रचण्डलाई बोलाए पनि एमालेबाट अगल भएर एकीकृत समाजवादीको नाममा नयाँ दल निर्माण गरेका माधवकुमार नेपाललाई भने महाधिवेशनमा निम्ता दिइने छैन ।

    एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव योगेशकुमार भट्टराईले एकीकृत समाजवादीलाई एमालेले नचिन्ने बताए । उनले एकीकृत समाजवादी पार्टी अवैध भएकाले महाधिवशेनमा बोलाएर मान्यता दिने काम नहुने स्पष्ट गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं