
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
संजय रेग्मी, पर्वत । ग्यालेक्सी फोर के टेलीभिजनबाट प्रशारण भइरहेको सा रे गम म प लिल च्याम्प्स नेपालमा भिडिरहेका पर्वतका १३ वर्षिय अरुणलाई जिताउनको लागि अभियान सुरु भएको छ।
पर्वतको मोदी गाउँपालिका–४, क्याङ घर भई सदरमुकाम कुश्मा स्थित पर्वत गुरुकुल एकेडेमीमा कक्षा ८ मा अध्ययनरत सुनार च्याम्प्सका बलिया प्रतिस्पर्धी हुन्। सानै ६÷७ वर्षकै उमेरमा संगीत साधनामा लागेका उनी दर्शक र जजहरुबाट समेत निकै मन पराइएका कलाकार हुन्। काठमाडौँमा भएको अडिसन राउण्डमा गोल्डन माईक नै हात पारेका अरुणलाई जिताउनको लागि उनको परिवारको तर्फबाट अभियान सुरु भएको हो।
अहिले टप १५ भित्र रहेका अरुणको स्वर निकै राम्रो भएको भए पनि जजले मात्र नभई दर्शकको भोट पनि निर्णायक रहेका कारण उनलाई बिजेता बनाउनको लागि अभियान सुरु भएको हो। प्रतिस्पर्धामा टप १५ बाट नै भोटीङ सिस्टम राखिएका कारण आगामी यात्राको निरन्तरताको लागि जनताको भोट चाहिने भएकाले अभियानको थालनी गर्नुपरेको अरुणकी सानीमा पुजा सुनारले पर्वतमा मंगलवार बिहान भएको पत्रकार भेटघाट कार्यक्रममा बताईन्। अरुणको परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा उनका बुबा रोजगारीको शिलशिलामा विदेशमा र आमा अरुणकै साथमा रहेका कारण आफन्तहरुले नै उनको लागि अभियान चलाएका हुन्।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सानीमा सुनारले अरुण पर्वतको लागि गहना भएको बताउँदै सबैको साथ मिलेमा यस लिल च्याम्प्स् पहिलो चरणको उपाधि नै पर्वतमा आउने विश्वास व्यक्त गरिन्। परिवारका सदस्यले मात्र अभियान थाल्दा त्यसको उपलब्धी कम हुने भएकाले समग्र जिल्लाबासीलाई नै यस अभियानमा जोडिन उनले अनुरोध गरिन्।
पत्रकार भेटघाट कार्यक्रमा अरुणका सानाबुबा सुरज सुनार, पत्रकार गणेश पौडेल, अगन्धर तिवारी, कलाकार कृष्ण अखेली, आर.सी पौडेल (रामचन्द्र), रोशन तिवारी लगायतले अरुणका लागि मिडियाका तर्फबाट गर्न सकिने र अभियानका दौरान गर्न सकिने विभिन्न कार्यक्रमहरुको बारेमा सुझाव राखेका थिए।
को हुन अरुण
क्याङ घर भएका अरुण २०६४ सालको पुष एक गते पर्वत अस्पतालमा जन्मिएका हुन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण उनका बुबा रोजगारीका लागि विदेश हानिए भने आमा सँगै रहेर उनको पढाईमा र कलामा सघाउन थालिन। ४÷५ वर्षको उमेरबाट गाउनमा सिपालु निस्किएका सुनारलाई परिवारका सदस्यले निकै सहयोग गरे जसका कारण उनीभित्र लुकेको प्रतिभा बाहिर आउन पायो।
विदेशमा रहेका बाबुले संगीतको कक्षामा लगाउने भने पछि आमा र सानीमाले कुश्मामा संगीत सिकाउँदै आएका स्व. गुरु मान जी सुरागमको लगेर भर्ना गरिदिए। त्यहाँ आउनुपूर्व नै उनमा स्वरको एउटा धरातल तया भइसकेको थियो। किनकि उनी अध्ययनरत विद्यालय पर्वत गुरुकुल एकेडेमीका शिक्षक राम श्रेष्ठ रेडियो नेपालबाट स्वर परीक्षण पास गरेर केही एल्बमहरु बजारमा ल्याएका पुराना कलाकार हुन्। सितेरियो कराँतेका अन्तराष्ट्रिय रेफ्री समेत रहेका श्रेष्ठले अरुणलाई संगीत र कराँते दुवै निकै अभ्यस्त बनाए। जसका कारण गायक अरुण ब्ल्याक बेल्टसम्मको अवस्थामा कराँतेबाट पुगे।
विद्यालयमा अध्ययनरत रहेकै बेलामा गण्डकी प्रदेश स्तरीय सप्तरङ्गी प्रतिभाको खोजी नामक कार्यक्रम सुरु भयो। जसमा भाग लिएका अरुण बिजेता बन्दै ५० हजार हात पारे। यससँगसँगै हौसिएका उनको स्वर निखारिँदै गएका बेला लि च्याम्प्स सुरु भयो। त्यही स्वरले नै उनले च्याम्प्सको गोल्डन माइक होल्डर बने।
उनको प्रस्तुती हेरेपछि सो मा नै जज रहेका कलाकार कालीप्रसाद बास्कोटाले १३ वर्षका अरुणको जस्तो गीत गाउन आफूले अब १३ वर्ष रियाज गरे पनि नसक्ने बताएका थिए। नेपालकै मानिएका गायक तथा संगीतकार बास्कोटाको यो कमेन्टले पनि सुनारमा रहेको कलाको अवस्था प्रस्ट हुन्छ।
कहिले र कसरी गर्ने भोट?
लिल च्याम्प्स ग्यालेक्सी टेलिभजनबाट हरेक साताको शुक्रबार र शनिवार राती ९ बजेबाट प्रशारण हुन्छ। कार्यक्रम सकिए लगत्तै उनका लागि मत दिन पाइन्छ। शुक्रबारदेखि सोमबार मध्यान्ह १२ बजेसम्म दिइएको मतलाई गणनामा राखिन्छ। सोमबार १२ बजेपछि दिएको भोटले अर्थ नराख्ने भएकाले छुटीहालेमा पुन शुक्रवार र शनिवारसम्म पर्खिनुपर्ने हुन्छ।
उनलाई अनलाईनबाट भोट गर्नका लागि मोबाईलको प्ले स्टोरमा गएर मोमो एप्स डाउनलोड गरेपछि प्राप्त निर्देशन अनुसार आफ्नो मत दिन पाइन्छ। मोबाईलको एस.एम.एस बाट भोट दिने भएमा मोबाईलको म्यासेज बक्समा गएर क्यापिटल लेटरमा एस.जी.एम.पी टाईप गरी एक स्पेश दिएर जिरो थ्री टाईप गरी ३३००१ मा पठाउनुपर्छ।
अरुणले प्रतिस्पर्धामा गाएको भिडियो यस्तो छ :
https://www.youtube.com/watch?v=KPn4IuXOHhI&t=175s


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया