SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१६ गते
    ८१३ &#२३४६;&#२३३५;&#२३२५;

    सल्यान ।

    राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ। दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरेको हो। समुदायलाई जागरण र राज्यलाई दबाब, विभेद विरुद्धको अभियानमा एक हौं भन्ने मुल नाराका साथ दलित समुदायको शक्ति प्रदर्शन गरिएको छ ।

    राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने,नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल पश्चिम संयोजक खगेन्द्र सुनारले बताएका छन् ।

    जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन समुदायलाई जागरण र राज्यलाई दबाब दिन प्रदर्शनको आयोजना गरिएको सुनारले जानकारी दिए ।

    यसअघि अभियानले पुर्वको सप्तरी र पश्चिमको दैलेख जिल्लामा प्रदर्शन गरिसकेको छ। सल्यानमा सोमबार आयोजित प्रदर्शनमा सल्यानमा जाजरकोट रुकुम सुर्खेत,दाङ जिल्लाका मानिसहरुको समेत ठूलो संख्यामा सहभागिता रहेको थियो।

    संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए।

    जनसभा प्रदर्शनमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल जिल्ला कमिटि दाङका अध्यक्ष केशव नेपाली, दलित अधिकारकर्मी प्रेमनारायण वि.क लगायत दलित अगुवाहरुको सहभागिता थियो।

    साथै सुनारले भने, हिजो सम्म अरुका लागि लड्यौं अव आफ्नो समुदायको लागि लड्न सम्पुर्ण उपस्थीत मानिसहरुलाई आग्रह गरे ।
    संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदायस्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको उनले बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं