SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१५ गते
    ७५८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु,  l
    मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ l

    कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो माइती नेपाल , सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथि हरूमा कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खां, १२ नं वडाध्यक्ष छेदी प्रसाद यादव, वडा नं ७ का वडाध्यक्ष राज किशोर यादव, वडा नं ११ वडाध्यक्ष फग्गू मुराउ, वडा नं १ वडाध्यक्ष तुंग नाथ चौधरी रहनुभयो l

    मानव बेचविखन तथा ओसार पसार के हो? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिम हरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू , तथ्यांकको परिभाषा, तथ्यांकका विविध आयामहरू, तथ्यांकको महत्व, लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो l

    कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममाको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र माइती नेपालका कार्यक्रम अधिकृत श्रृष्टि गुरागाई तथा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो l

    कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव ले गर्नुभयोl कार्यक्रम कार्तिक १४ गते १-६ वडाको र आज ६- १२ वडाका सहभागी हरूमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l

    उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, वडाध्यक्षहरु, वडा सचिवहरू,पत्रकार, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी मानव बेचविखन नियन्त्रण वडा स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो lकार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं