SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१२ गते
    १००५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् ।

    १४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली निकै महँगो भएको उल्लेख गर्दै उम्मेदवारले पैसा माग्दा आफ्नो हालत खराब भएको बताए ।

    ‘गाउँपालिमा लड्न दश/बीस लाख, तीस/चालिस/पचास लाख, अध्यक्ष लड्दा उस्तै परे करोड नभइ हुँदैन । प्रदेशमा लड्न एक/दुई करोड, चार करोड । केन्द्रमा पाँच/सात/दश करोड चाहिने भएपछि कसरी लड्न सकिन्छ चुनाव ?’ प्रचण्डले भने, ‘दलाल पुँजीपतिसँग हात जोड्दै मागेको पैसाले चुनाव जित्छौंं त अब हामी ?’

    मिश्रित प्रणाली माओवादीले नचाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जान यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने र आवश्यक पर्दा सडक आन्दोलन समेत गर्नुपर्ने बताए ।

    ‘मान्नुस्, हामीले यो दलाल र नोकरशाह पुँजीपतिहरूको पैसामा बिक्ने निर्वाचन प्रणालीको ठाउँमा पूर्णसमानुपातिक प्रणाली चाहियो भन्यौं भने के हुन्छ त ?’ प्रचण्डले आफैं जवाफ दिए, ‘मलाई विश्वास छ हामी जित्छौं । भूमिगत हुन पर्दैन, हतियार उठाउन पनि पर्दैन । लाखौं जनतालाई सडकमा ल्याइदिए पुग्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं