SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/९ गते
    १२५२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ l

    डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. सलमान खान, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथि हरूमा राष्ट्रीय मदरसा संघ नेपालकाउपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायत रहनुभयो l

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष ले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको बताउदै शैक्षिक सामाग्री ले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताए l

    कार्यक्रममा बोल्दै डा. सलमान खान ले लुम्बिनी प्रदेश मदरसा बोर्डले राम्रो काम गरिरहेको, हामी लाई यो कुरामा सोच्नु पर्नेछ कि मुस्लिम समुदाय शिक्षामा किन पछडिएको छ l

    कार्यक्रम मा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफ लाई धन्यवाद दिदै विद्यार्थी हरू पढाईका साथ सथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताए l

    कार्यक्रम बोल्दै अबरार मक्कीले मदरसामा समेत शैक्षिक सामाग्री वितरण गरिएको कार्य सराहनीय रहेको बताउनुभयो l कार्यक्रममा बोल्दै
    अब्दुल रशीद मदनीले म विगत ४८ बर्ष देखि मदरसामा शिक्षा दिइरहेको बताउदै यसबाट मुस्लिम समुदायको बाल बालिका हरू शिक्षा हासिल गरेर अगाडि बढून भन्ने भाव व्यक्त गरे l

    कार्यक्रममा समापन गर्दै अध्यक्ष डा.मन्जुर खां ले शैक्षिक सामाग्री दिने युनिसेफ लाई विशेष धन्यवाद दिदै कृष्णनगर नगरपालिका विद्यालय निरीक्षक बलराम पन्थी लाई समेत विशेष धन्यवाद दिदै अगामी दिनमा समेत सहयोग र सहकार्य ले निरन्तरता पाओस भन्ने भाव व्यक्त गरे l

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं