SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/४ गते
    १०१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा दश बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ ।

    ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरू भएको बैठकमा दश बुँदे सहमति गरी एमालेमै रहेका नेताहरुले ओलीसँग जवाफ मागेका थिए ।

    बागमती प्रदेश आयोजक कमिटीको बैठकमा बुधबार अध्यक्ष ओलीले माधव नेपालले पार्टी नफुटाओस् भनेर मात्र १० बुँदे सहमति गरिएको भन्दै अब त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए । ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर दश बुँदे गरिएको थियो । अब के दश बुँदे, दश बुँदे, दश बुँदे ?’, ओलीको भनाइ थियो ।

    बुधबार नै उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूसालले सामाजिक सञ्जाल मार्फत् अध्यक्ष ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा भने नेताहरु रघुजी पन्त र घनश्याम भुसालले ओलीसँग जवाफ मागे ।

    बैठकको शुरुमै पन्तले ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । ‘तपाईंले हिजो के बोल्नुभएको ? जुन कुरा कार्यान्वयन गर्नैपर्नेछ’, पन्तले सोधेका थिए । बैठक स्रोतका अनुसार, १० बुँदे सहमति गर्ने बेला ओलीले बोलेको कुरा समेत पन्तले सम्झाएका थिए ।

    ‘माधव नेपाल नआए पनि म दश बुँदे कार्यान्वयन गर्छु भन्नुभएको होइन ? तर अहिले माधव नेपालका लागि हो भन्न मिल्दैन’, पन्तको भनाइ थियो । दश बुँदे सदाकालका लागि नरहने, तर आउँदो महाधिवेशनसम्म कार्यान्वयन गरिसक्नुपर्ने पन्तले बताए ।

    भावनात्मक र मनोवैज्ञानिक रुपमा पार्टी विभाजित अवस्थामै रहेको भन्दै पन्तले त्यो भावनात्मक र मनोवैज्ञानिक विभाजनलाई मेट्ने कामको अगुवाइ पनि ओलीले नै गर्नुपर्ने धारणा राखे ।

    ‘पार्टीमा मनोवैज्ञानिक र भावनात्मक विभाजन छ । त्यसलाई मेट्नुपर्छ । त्यो मेट्ने कुराको अगुवाइ पनि अध्यक्षको हैसियतमा तपाईंले गर्नुपर्छ’, पन्तले भनेका थिए ।

    पन्तले लामै समय बोलेपछि भने अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनबारे भोलि (शुक्रबार) को बैठकमा छलफल हुने बताए । तर विधान महाधिवेशनको समीक्षाका क्रममा भुसालले ओलीसँग फेरि केही प्रश्न गरे ।

    भुसालले अध्यक्ष ओलीमा नवौं महाधिवेशनको धङधङी बाँकी नै रहेको टिप्पणी गरे । त्यो धङधङी अभिव्यक्तिमा प्रकट भएको भुसालको आरोप थियो । ‘तपाईंसँग नवौं महाधिवेशनको धङधङी बाँकी नै छ, आग्रह र पूर्वाग्रह छदैछ’, भुसालले प्रश्न गरे, ‘यो कहिलेसम्म ?’

    तर ओलीले भने आफूले कसैलाई पूर्वाग्रह नराखेको छोटो जवाफ दिए । बैठकपछि सचिव प्रदीप ज्ञवालीले दश बुँदे कार्यान्वयनबारे शुक्रबारको बैठकमा छलफल हुने बताएका छन् । ‘केहीकेही ठाउँमा समस्या छ, इस्यूमा छलफल गर्छौं । राष्ट्रब्यापी रुपमा छलफल चलाइरहनु पर्दैन’ ज्ञवालीको भनाइ थियो ।

    गएको २७ असारमा १० बुँदे सहमति गरी माधव नेपालको पार्टीमा नगई स्थायी कमिटीका १० नेता एमालेमै बसेका छन् । उक्त १० बुँदे सहमतिमा मूलतः पार्टी संरचना २ जेठ २०७५ को अगाडिको अवस्थाबाट सञ्चालन हुने सहमति छ । तर सूदुरपश्चिम, बागमती र प्रदेश–२ का केही जिल्लामा सहमति कार्यान्वयन हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं