
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा दश बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरू भएको बैठकमा दश बुँदे सहमति गरी एमालेमै रहेका नेताहरुले ओलीसँग जवाफ मागेका थिए ।
बागमती प्रदेश आयोजक कमिटीको बैठकमा बुधबार अध्यक्ष ओलीले माधव नेपालले पार्टी नफुटाओस् भनेर मात्र १० बुँदे सहमति गरिएको भन्दै अब त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए । ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर दश बुँदे गरिएको थियो । अब के दश बुँदे, दश बुँदे, दश बुँदे ?’, ओलीको भनाइ थियो ।
बुधबार नै उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूसालले सामाजिक सञ्जाल मार्फत् अध्यक्ष ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा भने नेताहरु रघुजी पन्त र घनश्याम भुसालले ओलीसँग जवाफ मागे ।
बैठकको शुरुमै पन्तले ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । ‘तपाईंले हिजो के बोल्नुभएको ? जुन कुरा कार्यान्वयन गर्नैपर्नेछ’, पन्तले सोधेका थिए । बैठक स्रोतका अनुसार, १० बुँदे सहमति गर्ने बेला ओलीले बोलेको कुरा समेत पन्तले सम्झाएका थिए ।
‘माधव नेपाल नआए पनि म दश बुँदे कार्यान्वयन गर्छु भन्नुभएको होइन ? तर अहिले माधव नेपालका लागि हो भन्न मिल्दैन’, पन्तको भनाइ थियो । दश बुँदे सदाकालका लागि नरहने, तर आउँदो महाधिवेशनसम्म कार्यान्वयन गरिसक्नुपर्ने पन्तले बताए ।
भावनात्मक र मनोवैज्ञानिक रुपमा पार्टी विभाजित अवस्थामै रहेको भन्दै पन्तले त्यो भावनात्मक र मनोवैज्ञानिक विभाजनलाई मेट्ने कामको अगुवाइ पनि ओलीले नै गर्नुपर्ने धारणा राखे ।
‘पार्टीमा मनोवैज्ञानिक र भावनात्मक विभाजन छ । त्यसलाई मेट्नुपर्छ । त्यो मेट्ने कुराको अगुवाइ पनि अध्यक्षको हैसियतमा तपाईंले गर्नुपर्छ’, पन्तले भनेका थिए ।
पन्तले लामै समय बोलेपछि भने अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनबारे भोलि (शुक्रबार) को बैठकमा छलफल हुने बताए । तर विधान महाधिवेशनको समीक्षाका क्रममा भुसालले ओलीसँग फेरि केही प्रश्न गरे ।
भुसालले अध्यक्ष ओलीमा नवौं महाधिवेशनको धङधङी बाँकी नै रहेको टिप्पणी गरे । त्यो धङधङी अभिव्यक्तिमा प्रकट भएको भुसालको आरोप थियो । ‘तपाईंसँग नवौं महाधिवेशनको धङधङी बाँकी नै छ, आग्रह र पूर्वाग्रह छदैछ’, भुसालले प्रश्न गरे, ‘यो कहिलेसम्म ?’
तर ओलीले भने आफूले कसैलाई पूर्वाग्रह नराखेको छोटो जवाफ दिए । बैठकपछि सचिव प्रदीप ज्ञवालीले दश बुँदे कार्यान्वयनबारे शुक्रबारको बैठकमा छलफल हुने बताएका छन् । ‘केहीकेही ठाउँमा समस्या छ, इस्यूमा छलफल गर्छौं । राष्ट्रब्यापी रुपमा छलफल चलाइरहनु पर्दैन’ ज्ञवालीको भनाइ थियो ।
गएको २७ असारमा १० बुँदे सहमति गरी माधव नेपालको पार्टीमा नगई स्थायी कमिटीका १० नेता एमालेमै बसेका छन् । उक्त १० बुँदे सहमतिमा मूलतः पार्टी संरचना २ जेठ २०७५ को अगाडिको अवस्थाबाट सञ्चालन हुने सहमति छ । तर सूदुरपश्चिम, बागमती र प्रदेश–२ का केही जिल्लामा सहमति कार्यान्वयन हुन सकेको छैन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया