News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार राजनीति

    चर्चित नायीका करिश्मा र कमेडियन जितु एमाले प्रवेशको तयारीमा, बालकोटमा वार्ता

    काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीसँग अभिनेत्री करिश्मा मानन्धर र अभिनेता जितबहादुर नेपाल ‘जितु’ले भेटवार्ता गरेका छन् ।

    बुधबार भक्तपुरको बालकोटस्थित ओलीकै निवासमा पुगेर मानन्धर र नेपालले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका चाँजोपाँजो एमालेबाट राष्ट्रय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल ओलीले मिलाएकी हुन् ।

    बाबुराम भट्टराईको पार्टी छाडेपछि राजनीतिबाट निष्क्रिय बसेकी अभिनेत्री मानन्धरले आफूलाई एमालेतिर झुकाएकी छिन् ।

    मानन्धरले आफू एमालेमा प्रवेश औपचारिक घोषणा नगरे पनि एमालेका अध्यक्ष ओलीसँग भेट गर्ने क्रममा सांसद कोमल ओली र हास्य अभिनेता नेपाललाई साँक्षी राखेर भेटवार्ता गरेकी छिन् ।

    हास्य अभिनेता नेपालले पनि आफूलाई एमालेतिर झुकाब रहेको संकेत गरेका छन् । विगतमा कुनै पनि राजनीतिक दलसँग नखुलेका नेपालले बुधबार अभिनेत्री मानन्धर र सांसद कोमल ओलीसँगै निवासमा ओलीलाई भेट गरेर एमालेतिर आफ्नो झुकाव रहेको सन्देश दिएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया