
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत : अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो महाधिबेसन सुरु हुनुभन्दा दुई दिन अगाडि पर्वत सदरमुकाम कुश्मा बजारमा पत्रकार सम्मेलन गरी त्यस सम्बन्धमा जानकारी गराइएको छ।
समाजको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही कात्तिक ४ र ५ गते जिल्लाको मोदी गाउँपालिका–८ चित्रेम ागर्न लागिएको महाधिबेसनको तयारी र समाजले राखेका लक्ष्यका बारेमा जानकारी दिइएको हो।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष पुरन गिरीले कोभिड संक्रमणको जोखिमका कारण दुई वर्षदेखि बन्द रहेको सामुदायिक होमस्टेको प्रबद्र्धनको लागि महाधिबेसन चित्रेम ागर्न लागिएको जानकारी दिँदै समाजले पर्वतको समृद्धिको लागि काम गर्ने प्रयास थाल्ने बताए। चार वर्ष अघि संस्था स्थापना भएको भए पनि अहिलेसम्म पर्वत घर भई विभिन्न देशमा रहेका नेपालीहरुलाई समन्वय गर्ने संगठन विस्तारको काम गरिएको उनको भनाई छ। अबको महाधिबेसनबाट बन्ने नयाँ समितिले पर्वतको समुन्नतिको लागि यहाँका सम्भावनामा सहकार्य गर्न गर्न आफूहरु लालयित भएको पनि गिरीले बताए।
समाजका महासचिव गुणराज शर्माले आफूहरु संस्थागत रुपमा बामे सर्दै गरेको अवस्थामा रहेकाले अहिलेसम्मको अवस्थामा धेरै काम गर्न नसकेको भए पनि अब भने लगानी देखि सहकार्यमा काम गर्न सक्ने क्षमतामा आफूहरु रहेको बताए। समाजमा विभिन्न ११ देशको संस्थाहरु आवद्ध रहेको बताउँदै उनले केही देशमा समिति विस्तारको क्रम चलिरहेको उल्लेख गरे। प्रत्येक दुई वर्षमा हुने अधिबेसनबाट यस अघिका दुई कार्यकालमा पुरन गिरीको नेतृत्व रहेको र अब भने संगठन बिस्तारको काम सकिनै लागेका कारण नयाँ नेतृत्व संस्थामा आउने शर्माले जानकारी गराए।
समाजमा रहेको विशेषतः लगानीको क्षेत्रमा बढी जानकार रहेका संस्थाका संरक्षक सुवास जोशीले चार वर्ष पहिले प्रवासमा रहेका पर्वतेहरु एकजुट भएर समाजको स्थापना गरिएको बताउँदै विदेशको सिप र पुँजीलाई मातृ जिल्लामा प्रयोग गर्न सक्नु आफूहरुको उद्धेश्य रहेको स्पष्ट पारे। विभिन्न समस्यामा रहेका जिल्लाबासीहरुलाई सहयोग गर्दै आइरहेको सम्झना गर्दै उनले आफूहरु जिल्लासंग भावनात्मक रुपमा समेत नजिक रहेको बताए। सपनामा पनि गृह जिल्लाकै प्रगति र समुन्नितको कुरा देखिने गरेको बताउँदै जोशीले लगानीको बारेमा आवश्यक चासो र अध्ययन पर्वत समाजको तर्फबाट भइरहेको उल्लेख गरे।
महाधिबेसनको तयारीको बारेमा जानकारी दिँदै समाजकी नेपाल प्रतिनिधि मुना भुसालले महाधिबेसनको लागि विभिन्न उपसमितिहरु निर्माण गरेर आवश्यक तयारी करिब पूरा भएको जानकारी दिईन्। कार्यक्रम स्थलसम्म पुग्नको लागि यातायात, खाना र बस्नको व्यवस्थापन लगायतका कामहरु पनि पूरा भएको बताउँदै उनले चित्रेमा गरिएको महाधिबेसनले पर्यटनको क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा रहेको उल्लेख गरिन्।
कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष झलक के.सी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, सचिव राजबाबु पि।सी, पूर्व अध्यक्ष ओमप्रसाद घायल, पत्रकार अगन्धर तिवारी, बैकुण्ठ गिरी लगायतले जिल्लामा गर्न सक्ने लगानी, भावी, कार्यदिशा लगायतका बारेमा जिज्ञासा र सुझाव समेत राखेका थिए। समाजका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष परशुराम पौडेल र सञ्चालन महासचिव शर्माले गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया