News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    अदालतलाई पनि मन्त्रिमण्डलमा भाग लाउँदा कांग्रेसको ईज्जत कहाँ गयो : रामचन्द्र पौडेल

    काठमाडौं,  । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् ।

    आज चितवनमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवाले अदालतलाई पनि मन्त्रिमण्डलमा भाग लाएकोले कांग्रेसको ईज्जत कहाँ गयो ? भन्दै प्रश्न गरेका छन् ।

    प्रधानमन्त्री एवम् पार्टी सभापतिको कारण कांग्रेस चितवनका कार्यकर्ताहरुले कहिले सूर्य त कहिले हशियाँ हथौडामा भोट हाल्नुपरेको पनि उनको गुनासो छ ।

    उनले भने,‘सारा कांग्रेसीजनहरुले रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ । त्यो कांग्रेस बनाउनुपर्छ ।’ उनले कांग्रेसमा भेदभाव हुन नहुने पनि जिकिर गरे । उनले आगामी महाधिवेशनमा पार्टीको हितमा काम गर्नसक्ने योग्य व्यक्ति नेतृत्वमा आउनुपर्ने पनि जोड दिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया