
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए ।
‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो ।’ उनले भने, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्यो ।’
उनले पार्टीलाई जन नियन्त्रित र जन निर्देशित पार्टीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुपर्यो । हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्यो । यस्तो खालको पार्टी बनाउनुपर्यो अब ।’ माओवादी केन्द्रको संगठन विभाग प्रमुख समेत रहेका नेता शर्माले भने, ‘अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताहरूको मूल्याङ्कन गरिन्छ ।’
संगठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔं टोलबाट, पार्टी बनाऔं सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उनले यसलाई देशभर अभियानको रुपमा लागू गर्नुपर्नेमा जोड दिए । पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसको लागि संगठनात्मक फर्मुला समेत तयार गरेको जानकारी शर्माले दिए ।
अर्थमन्त्री समेत रहेका नेता शर्माले अबदेखि पार्टी र जन संगठनहरुका हरेक कमिटीहरु आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्य रुपले जोडिनुपर्ने बताए । हरेक कमिटी र हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकोले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन उनले आग्रह गरे ।
अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योगहरु चलाउने, नयाँ उद्योग धन्दा खोलेर रोजगारी सृजना गर्ने र राष्ट्रिय पुँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी समेत उनले दिए । सरकारले शहीद परिवारलाई मासिक वृत्ति, दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका घाइतेहरुको निशुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायतका लोक कल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयन समेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया