
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
भैरहवा ।
चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले निर्माण ठेक्का लिएकाे भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य ताेकिएकाे समयमा सम्पन्न नगर्दा भिजिट मधेशद्वारा सुक्रवार भैरहवामा विराेध प्रदर्शन गरिएकाे छ ।
विमानस्थल निर्माण कार्यमा चिनियाँ ठेकदार कम्पनीले जानीजानी ढिलाइ गरेको भन्दै भिजिट मधेशले विरोध कार्यक्रम गरेको हो । यथाशिघ्र हवाई मार्ग सुचारु गर्न र मजदूरको ज्याला वापतको बाँकी रकम उपलब्ध गराउन माग राख्दै विरोध कार्यक्रम गरिएको भिजिट मधेशका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक महेन्द्र गुप्ता (प्रशान्त) ले बताए ।
उनले भने, तराई–मधेशको पर्यटन प्रवर्धनका लागि भिजिट मधेशले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ। भिजिट मधेश नेपालले जिल्ला कार्यसमितिकाे संयाेजनमा रोहिणी गाउँपालिका–३ स्थित बैकुण्ठपुरमा विराेध कार्यक्रम गरेकाे हाे ।
३१ डिसेम्बर २०१४ मा लगभग रु ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको हाे । ठेक्का लिएर निर्माण सुरु भएको ७ वर्ष पूरा भएको छ । ६ पटक म्याद थप्दा पनि विमानस्थल बनेन । तीन बर्ष अघि नै विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आउनु पर्नेमा हालसम्म निर्माण सम्पन्न हुन नसक्नु र हरेक वर्ष निर्माण लागत बढ्दै जानुले राष्ट्रिय गौरबको आयोजनामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरण मार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले भने धेरै काम बाकी रहेकाले थप समयकाे माग गरिएकाे हाे ।
निर्माण ढिलाई हुनुकाे मुख्य कारणहरूः
ग्लोबल टेन्डर मार्फत् चिनियाँ कम्पनीले ठेक्का पाएँसगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको ९ महिनासम्म एमाले निकट नारायण कार्कीको नाममा रहेको हिमालय इन्फ्राटेक प्रालिले चिनियाँसँग मिलेर स्थानीय ठेकेदार भएर काम गरेको थियो ।
कार्कीको मातहतमा एमालेका युवाहरुले अर्को कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपाल प्रालि अनौपचारिक रुपमा संलग्न गराए । त्यसपछि हिमालय इन्फ्राटेक बाहिरियो र पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक खनाल र रुपन्देहीका एमाले नेता राजु गुरुङ्गको संलग्नतामा नर्थ वेष्टले चिनियाँ कम्पनीसँग प्रत्यक्ष काममा जोडिन पुग्याे ।
त्यस अघि यो कम्पनीले सामान सप्लायर्सको मात्र काम गर्ने गरेको थियो । नर्थ वेष्ट इन्फ्राले चिनियाँ कम्पनीँसग आयोजनाको ८० प्रतिशत काम गर्ने आन्तरिक सम्झौता गरेको थियो । तर राजनीतिक र आर्थिक स्वार्थको द्वन्द्व बढ्दै गएपछि मुख्य ठेकेदार र स्थानीय ठेकेदारको सम्बन्ध बिग्रँदै गयो ।
जसले चिनियाँ कम्पन्नीले नर्थवेष्टलाई अलग गर्याे । त्यति बेलासम्म आयोजनाको २७ प्रतिशत काम सकिएको थियो । जसलाई बढी खर्चिलो, कम नाफामूलक अर्थात् जमिनमुनी र सतहका संरचना निर्माण भनिएको छ । नर्थवेष्ट अलग भएपछि पनि एमाले युवाको अर्को समूह यती आयोजनामा आफूहरुले काम पाउनु पर्ने भन्दै लबिङ्गमा लागेका थिए ।
सम्झौता अनुसार भुक्तानी नदिएपछि इन्फ्रा मातहतका कर्मचारी आन्दोलनमा उत्रिँदा चिनियाँ कम्पनीले दराजको ताला फुटाएर सझौता पत्र गायब पारेको आरोप छ ।
भुक्तानीको झमेला
आयोजना गतिहीन भइरहेका बेला चिनियाँ ठेकेदारबाट करोडौं रकम भुक्तानी नपाएको भन्दै स्थानीय व्यवसायी आक्रोसित भएका थिए । उनीहरुले स्थानीय ठेकेदार इन्फ्रा मार्फत् काम गरेका थिए । त्यस समय चिनियाँ कम्पनीले ३२ करोड रुपैयाँ स्थानीय व्यवसायीलाई भुक्तानी गर्न सकेको थिएन भने अहिले यो रकम बढेर १ अर्ब पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । तर चिनियां ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएशनकाे अनेकाैं लापरवाहीका कारण काम समयमा सम्पन्न नहुने स्थिति उत्पन्न भएपछि विराेध हुन थालेकाे छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया