SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/२० गते
    १२६१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा पर्वतले देशब्यापी कार्याक्रम अन्तरर्गत ३ बुदे सहमतीको कार्यान्वयन र भुटा मुद्धा खारेज गर भन्दै आज पर्वत सदमुकाम कुश्मा बजारमा जनपर्दशन सहित कोण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।

    आज जिल्ला सदरमुकाम कुश्मा बजारमा भएको बिरोध प्रर्दशन र त्यसपछि आयोजना गरिएको कोण सभामा बोल्दै नेकपा पर्वतका सेक्रेटरी अनन्त केसीले राज्यको पछिल्लो रवैयाले जनतामा निराशा छाएको बताउनु भयो ।

    केसीले भन्नु भयो सरकार र आफ्नो पार्टीको बिचमा भएको राजनैतिक सहमतीलाई कार्यान्यवन गर्ने आनाकानी भएको भन्दै आपत्ती समेत जनाउदै तत्काल आफ्ना नेता कार्यबर्ताहरुलाई लगाइएको झुट्टा मुद्धाको खारेजी र सरकारसँग भएको ३ बुदे सहमतीको बिनासर्त कार्यान्वयनको माग गर्नु भयो ।

    त्यस्तै कोण सभामा नेपाल कम्युनिष्ट पार्टी मालेका जिल्ला सचिब यम बिश्वकर्मा, दे. ज. मो. का केन्दिय सद्स्य तेजेन्द्र पौडेल लगायतले एमसिसिको खारेजी तथा नेपालमा कम्युनिष्टहरु बिचको एकता र आगामी योजनाहरुको बारेमा मन्तब्य राख्नु भएको थियो ।

    कुश्मा बजारको परिक्रम गरि लोकतन्त्रचोकमा भएको कोण सभाको सञ्चालन नेकपा मोदी गाउँपालिकाका इन्चार्ज प्रकाशजंग लामिछानेले गर्नुभएको थियो भने कोणसभामा स्वागत तथा मनत्ब्य कुस्मा नगर इनचार्ज किरनले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं