
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पोखरा |
गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको शुक्लागण्डकी च्यवनधामको अवलोकन गरेपछि उहाँे यस्तो आश्वासन दिनुभएको हो ।
‘नेपालमा सम्भावना रहेका पर्यटनका विभिन्न आयामहरु मध्ये धार्मिक पर्यटन पनि एक प्रमुख आयाम हो ।’ उहाँले भन्नुभयो, ‘धार्मिक पर्यटनको विकासका लागि हाम्रो क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गर्नु आवश्यक छ ।’
सो अवसरमा उहाँले यस्तो कामको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘स्पष्ट खाका सहितको योजना लिएर आउनुहोस्, यस क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।’ उहाँले भन्नुभयो ।
अवलोकनकै क्रममा मन्त्री थापा समक्ष च्यवनधाम संरक्षण तथा विकास समितिका पदाधिकारीहरूले आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । समितिका सचिव दुर्गादत्त सापकोटाले धामका भौतिक संरचना र जग्गा संरक्षणका लागि कम्पाउण्ड गर्नुपर्ने आवश्यकता रहेपनि बजेट अभावमा गर्न नसकिएको गुनासो राख्नुभएको थियो ।
मन्त्री थापा संगै प्रदेश सभा सदस्य आशा कोईराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको टोलीले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम स्थित शुक्लेश्वर मन्दिर, बौद्व गुम्बा, कृतिम हिमाल, १०८ पिपल, १०८ धारा लगायतका संरचनाको अवलोकन गर्नुभएको थियो ।
त्यसैगरी मन्त्री थापाले म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टयाङ सामुदायिक बनमा निर्माण गरिएको हरित पार्क र म्याग्दे–१ गुणादीको बाघेटारीमा निर्माण गरिएको बाघको मूर्तिको समेत अवलोकन गर्नुभएको डिभिजन बन कार्यालयका डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया