
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं, । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुट्टा कमाएनन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गरे । मध्यमार्गी नेता नेपाल ओलीको पेलाईमा परे । अन्तमा असह्य भएपछि विद्रोह गरे ।
नेपाललाई विद्रोहका लागि सुरुमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले साथ दिएका थिए । उनीहरु कुनै हालतमा ओलीलाई हटाउनुपर्ने नसके विद्रोह गर्नुपर्ने भन्दै लागे । नेकपा हुँदा रावल, भुसाल, पाण्डे र भट्टराई ओलीविरुद्ध निकै खनिएका थिए । भट्टराई तत्कालीन नेकपाको ओलीविरोधी समूहको प्रवक्ता नै बनाइए ।
जब नेकपा एमाले ब्युँतियो तब रावल, भुसाल, पाण्डे र भट्टराईको आवाज मथ्थर हुँदै गयो । पाण्डे मौनप्रायः बसे । रावल पनि मथ्थर बन्न थाले । भट्टराई त भित्र भित्र ओलीसँग मिलिसकेका थिए । माधव नेपाललाई पार्टी फुटाउन हुन्न भन्न थाले । अन्तमा माधव नेपालले कायरहरु भन्दै विद्रोह गरे । माधव नेपालले धोका दिएको भने ।
तर, माधव नेपालको साथ छाड्नेहरु अहिले एमालेमा झन् कमजोर हुँदै गएका छन् । रावल अपमानित हुन थालेका छन् । उनको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज खोसिइसकेको छ । पाण्डे निरिह सावित भएका छन् । भुसाल बेला बेलामा असहमति प्रकट गर्छन् मात्र ।
ओलीले पार्टीमा झन् प्रभाव बढाएका छन् । उनकै योजना अनुसार विधान अधिवेशन आजबाट सुरु हुँदैछ । विधानमा उमेरहद, प्रतिनिधि चयन, पदाधिकारीलगायत केन्द्रीय सदस्यको संख्या र चयन प्रक्रियाबारे टुंगो लगाउने तयारी भएको छ । यी सबै ओली शक्तिशाली बन्ने अभिप्रायले भएको छ । ओलीका सामु कोही बोल्न नसक्ने अवस्था बनेको छ । नीतिभन्दा नेता प्रधान बन्न थालेको छ एमाले ।
यसअघि विधान महाधिवेशनको प्रतिनिधि ३ हजारसम्म हुने भनिएकोमा ५ हजार पुग्ने भएको छ । यसलाई अर्थपूर्ण मानिएको छ । एमालेमा ७ प्रदेशमा ७ जना उपाध्यक्षको प्रस्ताव गरिएको छ । केन्द्रमै उपाध्यक्ष तोकेर प्रदेशको समेत इञ्चार्ज दिने गरिएकोमा फरक तरिका अपनाउन लागिएको छ । यो एमालेमा अहिले ओलीइतर समूहमा रहेका उपाध्यक्षहरुलाई लक्षित गरी बनाइएको देखिन्छ । उनीहरु प्रदेशस्तरमा खुम्चाइने देखिएको छ ।
ओलीले १० बुँदे सहमति हुबहु कार्यान्वयन नगर्ने स्पष्ट पारेका छन् । यसबारे स्थायी कमिटी बैठकमा छलफल चलेको छ । तर, माओवादीबाट आएकाहरुको व्यवस्थापनलाई समेत ध्यानमा दिएर हुबहु कार्यान्वयन नगर्ने ओलीको अडान छ । यो कदमले सुदूरपश्चिममा इञ्चार्ज रहेका भीम रावलको ठाउँमा लेखराज भट्ट नै कायम रहने निश्चितप्रायः भएको छ । बागमतीमा रामबहादुर थापा बादल नै कायम हुने देखिएको छ ।
एमालेमा विगतमा माधवकुमार नेपाल पक्षमा रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत पेलाईमा परेका छन् । उनीहरु ओलीलाई १० बुँदे हुबहु कार्यान्वयनमा दबाब बढाइरहेका छन् । ओलीले १० बुँदे हुबहु कार्यान्वयन नगरे रावलसहितका नेताहरुले कस्तो कदम चाल्ने हुन् ? चासो बनेको छ । तर, उनीहरु एमाले छाड्न पनि सक्दैनन् त्यहाँ बलियो बन्न पनि सक्दैनन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया