SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    ९८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ। नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन् ।

    महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा एमाले बनाउने मध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु भने उपस्थित हुने छैनन् ।

    लामो समय एमालेको नेतृत्व गरेका माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मुकुन्द न्यौपाने लगायतका नेताहरु अलग पार्टीमा पुगेकाले उनीहरु अनुपस्थित हुने भएका हुन् । एमाले निर्माणमा महत्वपुर्ण योगदान दिएका नेपाल, खनाल र न्यौपाने विनै हुन लागेको यो महाधिवेशनले एमालेले आफ्नो ४ वर्षे नीति निर्धारण गर्दैछ ।

    महाधिवेशनमा एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी दस्तावेज पेश गर्दैछन् ।

    एमाले आफ्नो नीति तय गर्न सम्मेलनको आयोजना गरेपनि कस्तो नीति बनाउने भन्नेमा खासै बहस भएको पाइँदैन । यसअघि नेतृत्व र नीति एउटै महाधिवेशनबाट चयन गर्दै आएको एमालेले नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिका बारेमा समेत छलफल गर्ने गर्दा नीति ओझेलमा पर्ने गरेको भन्दै नेतृत्व चयन गर्ने महाधिवेशनअघि नै विधान महाधिवेशन बोलाएको हो । तर, नीतिकै लागि बोलाएको महाधिवेशनमा समेत नेताहरुले नीतिका बारेमा खुला छलफल गर्न नपाउने अवस्था छ ।

    किनभने महाधिवेशनमा पेश हुने प्रस्तावहरूमा समूहगत छलफल गर्नेगरी व्यवस्थापन गरिएको छ । यसले गर्दा पनि सहभागीहरुले आफ्ना धारणा पर्याप्त राख्न असम्भव हुने एक नेताले जानकारी दिए । ‘विचारको बहसका लागि आयोजना भएको यो महाधिवेशनमा सहभागीहरुलाई समयको अभाव हुने नै छ । त्यसमाथि यतिधेरै मानिस सहभागी हुने भेलामा छलफलको विषय कर्मकाण्डीबाहेक केही हुने देखिँदैन,’सुदूरपश्चिमबाट आएका एक प्रतिनिधिले रातोपाटीसँग भने ।

    उनले महाधिवेशनले विचार र नीति तय गर्ने भनिएपनि फरक विचारलाई कसरी समेटिन्छ भन्ने महत्वपुर्ण विषय भएको भन्दै फरक विचारलाई पार्टीमा दस्तावेजीकरण गरिन्छ, गरिँदैन त्यसले अर्थ राख्ने बताए ।

    ‘कतिपय विचारमा भिन्नता छन् । जबजकै विषयमा पनि भिन्न मत प्रकट भएका छन् भने समाजवादको कार्यदिशा के हुने भन्ने अर्को प्रश्न छ । यी विषयलाई समेट्ने प्रयास नेतृत्वबाट कति हुन्छ ? त्यसले महाधिवेशनको अर्थ राख्छ’, ती नेताको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं