News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    सबै कम्युनिष्ट मिलेर आएपनि काँग्रेसले परास्त गर्ने शक्ति निर्माण गर्नुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले १४ औं महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले बनाउनुपर्ने बताएका छन् । शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले नेपाली काँग्रेस अर्काको बैसाखीमा टेक्ने पार्टी नभएको जिकिर गरे ।

    ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन’, उनले भने, ‘हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । आगामी चुनावमा कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

    उनले महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा तीन तहको निर्वाचन गराउने जिम्मेवारी रहेको भन्दै सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया