SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    ६८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । उनले अहिलेको परिस्थितिसँग जुध्न पनि अध्यक्ष ओलीले नै निर्णायक भूमिका खेलेको भन्दै पार्टीमा ओलीको विकल्प नभएको बताएका छन् ।

    आज (शनिबार) राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आगामी आम निर्वाचनपछि पनि ओली नै देशको प्रधानमन्त्री हुने पनि दाबी गरेका छन् । पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा ओली निर्विकल्प भएको र आउने निर्वाचनमा नै ओलाई प्रधानमन्त्रीको रुपमा अघि सारिने उनको भनाई छ ।

    उनले समकालिन राजनीतिमा ओलीजति लोकप्रिय र प्रभावशाली नेता अरु कोही नभएको पनि टिप्पणी गरे । उनले एमालेलाई विभाजन गरेर सिध्याउने प्रयास भएपनि त्यसलाई परास्त गर्न ओलीले नै निर्णायक भूमिका खेलेको र अहिले पार्टीमा फुटको प्रभाव नपरेको पनि सुनाए । उनले ओलीलाई देश र जनताप्रति ईमानदार भएर खट्नसक्ने नेता र विकासको भीजन भएको नेताको संज्ञा पनि दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं