SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    ६४३ &#२३४६;&#२३३५;&#२३२५;

    सिमकोट,  । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले हुम्ला जिल्लामा लफडा गरेर समानान्तर कार्यसमिति बनाएको छ ।

    पौडेल समूहले समानान्तर कार्यसमिति बनाएर लफडा गरेपछि कांग्रेसको महाधिवेशनमा अझै चुनौतीहरू आउने संकेत देखिएको छ । पौडेल समूह पत्तासाफ हुने डरले विभिन्न बखेडाहरू निकालेर हर्कत गर्दै आएको छ ।

    नेता पौडेलनिकट मानिने नेतृ रीता शाहीले प्रदेश निर्वाचन क्षेत्र ‘क’मा समानान्तर कार्यसमिति बनाएको स्वीकार गरिन् । पौडेल समूहले कांग्रेसको सातौं जिल्ला अधिवेशन बहिष्कार गरेको थियो ।

    हुम्लामा मतदान अधिकृत राजबहादुर ऐडीले मापदण्डअनुसार निर्वाचन गराएका थिए । नेत शाहीले सिमकोटमा पत्रकार सम्मेलन गरेर प्रदेश निर्वाचन क्षेत्र ‘क’मा फर्जी मतदान भएको आरोप लगाएकी छिन् ।

    पौडेल समूहबाट प्रदेश ‘क’ मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कार्यसमिति गठन गरेको छ । पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कार्यसमिति गठन गर्ने चेतावनी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं