News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    देउवा बिरुद्ध रामचन्द्र पौडेल समुह रुष्ट, समानान्तर कार्यसमिति गठन

    सिमकोट,  । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले हुम्ला जिल्लामा लफडा गरेर समानान्तर कार्यसमिति बनाएको छ ।

    पौडेल समूहले समानान्तर कार्यसमिति बनाएर लफडा गरेपछि कांग्रेसको महाधिवेशनमा अझै चुनौतीहरू आउने संकेत देखिएको छ । पौडेल समूह पत्तासाफ हुने डरले विभिन्न बखेडाहरू निकालेर हर्कत गर्दै आएको छ ।

    नेता पौडेलनिकट मानिने नेतृ रीता शाहीले प्रदेश निर्वाचन क्षेत्र ‘क’मा समानान्तर कार्यसमिति बनाएको स्वीकार गरिन् । पौडेल समूहले कांग्रेसको सातौं जिल्ला अधिवेशन बहिष्कार गरेको थियो ।

    हुम्लामा मतदान अधिकृत राजबहादुर ऐडीले मापदण्डअनुसार निर्वाचन गराएका थिए । नेत शाहीले सिमकोटमा पत्रकार सम्मेलन गरेर प्रदेश निर्वाचन क्षेत्र ‘क’मा फर्जी मतदान भएको आरोप लगाएकी छिन् ।

    पौडेल समूहबाट प्रदेश ‘क’ मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कार्यसमिति गठन गरेको छ । पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कार्यसमिति गठन गर्ने चेतावनी दिएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया