SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    ७१२ &#२३४६;&#२३३५;&#२३२५;

    सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ ।

    न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल विवादास्पद ‘इन्काउन्टर’ मा मारिएका थिए ।

    उनी मारिएपछि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गर्न गएका थिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतमा जाहेरी दर्ताको आदेश माग्दै रिट निवेदन दर्ता गराइएको थियो ।

    असोज १२ मा सर्वोच्च अदालतले प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश गरेको हो । रिट निवेदक दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक खनाललाई समेत विपक्षी बनाई रिट निवेदन दर्ता गराएकी थिइन् । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं