
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
पर्वत : तपाईँ यात्रामा जाँदा कति सयम पहिला प्लेन वा रेलको टिकट बुक गर्नुहुन्छ? त्यो तपाईँको अवस्थामा भर पर्छ होला। तर लोक तथा दोहोरी गीत गायक सूदीप क्षेत्रीले भने रेलको टिकट काटेको तीन वर्षपछि लाहुर जाने सुर कसेका छन्।
यो प्रसंग भने रियल लाईफको नभई रिल लाईफको हो। तीन वर्ष अगाडि सांगितिक कोसेली ‘रेलको टिकट’ निर्माण गरेका कलाकार क्षेत्रीले त्यसयता अर्को एल्बम ‘गौँथली’ पनि सार्वजनिक गरेका उनको पछिल्लो एल्मब ‘लाहुर जाने रेल’ शुक्रवार सार्वजनिक भएको छ।
‘रेलको टिकट’ र ‘लाहुर जाने रेल’ सेरीजको रुपमा तयार पारिएका गीत त होईन तर गीतका शीर्षकले भने टिकट बुक गरेपछि अब लाहुर जाने सुर कसेको देखाउँछ।
लाहुर सुन्नमा जस्तो रमाईलो जति छ त्यो भन्दा बढी पिडा त आफ्नी मायालुलाई छाड्नमा हुन्छ भन्छन लाहुरेहरु। छुट्टीमा साथीभाई, इष्टमित्र सबैसँग धित पुगने गरी बस्न, डुल्न र रमाईलो गर्न मन लागे पनि त्यो कहाँ पाइन्छ र?
एउटा लाहुरे जो मन अमिलो पार्दै माया गर्ने मान्छेलाई छोडेर हिँड्न लागेको हुन्छ, अनि गाउँमा रहने मायालु र साथीभाईलाई कस्तो पिडा होला? यस्तै कथाले भरीएको कर्णप्रिय गित ‘लाहुर जाने रेल’ सार्वजनिक हुने भएको हो।
कलाकार क्षेत्री र सृजना कुँवरको आवाजमा रहेको गीतमा शब्द र लय पनि क्षेत्रीकै रहेको छ। तारानाथ आचार्यको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोमा जितेन क्षेत्री र शिल्पा कार्कीको शसक्त अभिनय रहेको छ। भिडियोमा सतिष रेग्मी, बिनोद रेग्मी, आर.सी पौडेल (रामचन्द्र), सूर्य ढकाल, बिनिता पौडेल सुवेदी, बबी कार्की, मनिषा भण्डारी, लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।
शिवराज भुर्तेलको छायांकन र समिर रामदामको सम्पादन रहेको म्युजिक भिडियोको निर्देशन पनि आचार्यले नै गरेका छन्। डिजिटल स्टार पोखराबाट सार्वजनिक गर्न लागिएको गीत नेपाली मौलिक शैलीमा छायांकन गरिएको छ। रोधिघरको महत्व प्रस्ट देखिने गरी बनाइएको म्युजिक भिडियोमा गाउँले परिवेश र शैली देखाइएको छ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया