SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१४ गते
    ७५९ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन, कृष्णनगर- कपिलवस्तु | नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा कृष्णनगर नगरपालिकाको नगर सभापतिमा देवानन्द शुक्ल विजयी हुनु भएको छ ।

    बुधवार भएको चुनावमा प्रतिस्पर्धी अजय उपाध्यायलाई १६ मतान्तरले हराउदै शुक्ल सभापति बन्नु भएको हो । पालिकामा १९२ मतदाता रहेकको थियो । जसमा १८४ मत मात्र खसेको थियो।

    जसमा शुक्लले ९५ मत प्राप्त गर्नु भएको छ भने उपाध्यायले ७९ मत प्राप्त गर्नु भएको छ । १ सय ८४ मतमा १० मत बदर भएको निर्वाचन अधिकृत प्रहलाद प्रसाद पाण्डेले बताउनु भएको छ । कृष्णनगर नगरको सभापतिमा आपसी सहमति नभएपछि चुनाव भएको थियो ।

    यो जीत मेरो मत्र नभई पुरै कृष्णनगरको काँग्रेसका सदस्यहरुको जीत रहेको निर्वाचित नगर सभापति देवानन्द शुक्लले बताउनु भएको छ। उहाँले आफुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीतमा सहयोग पुर्याउने भएको सम्पुर्णमा आभार प्रकट गर्नु भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं