SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२१ गते
    ९६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । गत विहिबार राती आएको भिषण बर्षातका कारण गएको पहिरोका कारण अहिले मध्य पहाडी लोकमार्गको पर्वत खण्ड पूर्ण रुपमा अवरुद्ध छ । पहिरोले झण्डै ७ किलोमिटर सडकका विभिन्न ठाउँमा अवरुद्ध बनाएपछि यो सडकमा सवारी आगमन बन्द भएको छ । सडक बन्द भएसंगै मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले सडक खुलाउने काम भने शुरु गरीसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आइतबार साँझसम्म कुश्मा देखि चुवासम्मको पहिरो हटाइएको छ । एक तर्फी सवारी चल्न सक्ने गरी पहिरो हटाइएको हो ।

    मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका कार्यालय प्रमुख इन्जिनियर मेघराज मरासिनीका अनुसार अहिले सडकमा ७ वटा ठूला मेसिनले पहिरो हटाउने काम गरीरहेका छन् । एक तर्फी बाटो खुलाउने गरी काम भइरहे पनि पहिरो निकै ठूलो गएका कारण समस्या परेको मरासिनीको भनाईछ ।

    आयोजना प्रमुख मरासिनीका अनुसार मंगलबार भ्याप्ले खण्डको पहिरो हटाउनका लागि बम विस्फोट गर्ने गरी तयारी गरिएको छ । बम विस्फोट गराउने कार्यका लागि सोमबार होल खोलिने र मंगलबार विहान बम विस्फोट गरिने आयोजना प्रमुख मरासिनीले जानकारी दिए । मौसमले साथ दिए मंगलबार बेलुकासम्म एकतर्फी सडक सञ्चालनको तयारी भइरहेको मरासिनीको भनाई छ ।

    पहिरोका कारण निर्माणधिन मध्यपहाडी लोकमार्गमा ठूलो क्षति पुगेकोछ । लामा कन्ट्रक्सनले निर्माण गरीरहेको उक्त सडक हस्तान्तरण नगर्दै ठूलो क्षति भएको छ ।

    आयोजना प्रमुख मरासिनीले सडकको सवै संरचना निर्माण गर्दा २५ देखि ३० करोड रकम लाग्ने पूर्वानुमान गरिएको बताउँछन् । सडकलाई मापढण्ड बमोजीमकै अवस्थामा निर्माण गर्न ठूलो रकम लाग्ने भएका कारण आयोजनाको निर्माण कार्य थप प्रभावित हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं