SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/१५ गते
    ८५९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ पर्वतको जिल्लाको बैठक जिल्ला जनसम्पर्क कार्यालयमा कुश्मामा सम्पन्न भएको छ । उक्त बैठकले यहि भाद्र १५ गते पर्वत जिल्लामा किसानहरुको भेला गर्ने समेत निर्णय गरेको छ ।

    उक्त बैठकले डम्बर बहादुर क्षेत्री संयोजकत्वमा पछि २ थप्ने गरी ९ सदस्यीय जिल्ला भेला आयोजक समिति समेत गठन गरेको छ जसको सदस्यहरुमा राजु बि.क., सुजन बहादुर, मोहन, राम माया, गोबिन्द्र, लोक बहादुर, डिल्ली राम, दुर्गा पौडेल लगायत रहेका छन् ।

    अखिल नेपाल किसान महासंघ पर्वतको जिल्लाको बैठकमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज बिकिरणले किसानहरुलाई काम गरेर खाने र परिश्रम गरे अनुसारको राज्यले सहुसलियत किसानहरुलाई दिनु पर्ने बताउनु भएको थियो ।

    बिकिरण्ले संसदीय ब्यावस्थामा बसेर किसानहरुको मुक्ती कहिल्यै पनि संभव नभएको भन्दै अब नेकपाको झण्डामा गोलवन्द रहेर मात्रै किसानको समस्या समाधानको बाटो भेटाइने बताउनु भयो ।

    त्ययस्तै बैठकमा अखिल नेपाल किसान महासंघ केन्द्रिय महासचिव सागर अर्यालले कृषी क्षेत्रमा मौलाएको दलालीतन्त्रको अन्त्य गर्न सचेत तथा उर्जाशिल कृषकहरु लाग्नु पर्ने बताउदै कृषीमा भैरहेको माफिया तन्त्रबिरुद्ध जुध्नुपर्ने बताउनु भयो ।

    बैठकमा जिल्ला सेक्रेटरी अनन्त केसी, जिल्ला कार्यालय सचिव कृष्ण बि.क., अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य तथा धौलागिरी इच्नार्ज हित बहादुर कुँवर, दसलत मुक्ती मोर्चाका जिल्ला इन्चार्ज टिका नेपाली तथा जिल्ला सदस्य समिर नेपाली लगायतको सहभागीता थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं